महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा–१० का माओवादी केन्द्रका नेता रतन चौधरी नेकपा एमालेमा प्रवेश गरेको छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादीबाट वडाध्यक्षका उम्मेवार समेत रहेका नेता चौधरी एमालेमा प्रवेश गरेका छन् ।
उनलाई मंगलबार शुक्लाफाँटाको नगर कमिटिको दोस्रो विस्तारित बैठकमा पार्टी अध्यक्ष सुरेन्द्र विष्टले टिका र खादा लगाएर स्वागत गरे । चौधरी तत्कालिन नेकपाको वडा कमिटि सचिव समेत हुन् ।

पार्टी अध्यक्ष विष्टले एमालेलाई बलियो बनाउन पार्टी प्रवेश तथा घर फर्क अभियान सञ्चालन गरिएको बताए । साथै उनले स्थानीय निर्वाचन नजिकिदैँ गएकाले त्यसको तयारीमा जुट्न नेता कार्यकर्तालाई अपील समेत गरे ।
नगर कमिटीको बिस्तारित पुर्ण बैठकमा पार्टी प्रदेश कमिटी सदस्य रण बहादुर महरा, टेक बहादुर हमाल, बिष्णु दत्त जोशी, जिल्ला कमिटी सचिव पल्लव राज भट्ट, जिल्ला कमिटि सदस्य तथा वडा कमिटि अध्यक्षहरुको सहभागीता रहेको थियो ।

