नेकपा एमालेको वेदकोट नगर कमिटि चयनका लागि अध्यक्ष मण्डल गठन

महेन्द्रनगर । नेकपा एमाले वेदकोट नगर कमिटि चयनका लागि अध्यक्ष मण्डल गठन गरिएको छ । एमालेको राष्ट्रिय महाधिवेशन अघि सुरु भएको नगर अधिवेशनबाट नेतृत्व चयन हुन बाँकी थियो । मंगलबार जिल्ला अध्यक्ष सुरेन्द्र विष्टको प्रमुख आतिथ्यतामा भएको बैठकले नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गर्नुका साथै निर्वाचन कमिटि पनि घोषण गरेको जिल्ला कमिटि सदस्य नरेश बहादुर सिंहले बताए ।

उनका अनुसार नगर ईन्चार्ज सुशिला सिंहको संयोजकत्वमा गठन गरिएको अध्यक्ष मण्डलमा नरेश बहादुर सिंह, हिरा लुहार, देव बहादुर चन्द, लक्ष्मण राना सदस्य रहेका छन् । त्यस्तै मुख्य निर्वाचन अधिकृतमा रण बहादुर दौल्याल र निर्वाचन अधिकृतमा गजेन्द्र केसी, राजेन्द्र पाण्डे, पुष्पराज जोशी र बिना चौधरीलाई निर्वाचन कमिटिमा चयन गरिएको छ ।
जिल्ला कमिटि सदस्य सिंहले सर्वसम्मत नेतृत्व चयनका लागि हरसम्भव प्रयास गरिने बताए । ‘स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने गरि नगर कमिटि सर्वसम्मत नेतृत्व चयन गछौँ ।’ उनले भने ‘सर्वसम्मत हुन नसके लोकतान्त्रीक पद्धतीबाट कमिटि चयन हुन्छ ।’ ११ सय ३५ संगठीत सदस्य रहेको वेदकोटमा नगर अधिवेशनका लागि तीन सय ३४ प्रतिनिधि छानिएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्