कोरोना खोेप नलगाउनेको सेवा–सुविधा रोक्न छलफल भईरहेको छः मन्त्री खड्का

महेन्द्रनगर । सुदू्रपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले सबैलाई अनिवार्य रुपमा कोरोना खोप लगाउन अपील गरेका छन् । शुक्रबार महेन्द्रनगर आयोजित अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गदैँ मन्त्री खड्काले कोरोना भाईरसको संक्रमणबाट बच्न खोप लगाउन आग्रह गरेका हुन् ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटिद्धारा आयोजित कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पत्रकारको भुमीका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दैँ सामाजिक विकास मन्त्री खड्काले कोरोना खोप लगाउन अटेरी गर्नेलाई सरकारबाट उपलब्ध हुने सेवा सुविधा रोक लगाउन सकिने प्रतिक्रिया दिएका हुन् ।
‘कोरोना खोपको उपलब्धता हुदाँहुदैँ पनि कतिपयले खोप नलगाई दिदाँ तथ्याङ्कमा कमि देखिएको छ ।’ मन्त्री खड्काले भने ‘सुदूरपश्चिमलाई पुर्ण कोरोना खोपयुक्त प्रदेश बनाउने योजनामा छौँ, खोप नलगाउनेको सेवा सुविधा रोक्ने तहसम्म छलफल भईरहेको छ ।’
अज्ञानता र विभिन्न धार्मीक शक्तीमा विश्वास गरेर कोरोना खोप लगाउन स्थानीयले अटेरी गर्ने गरेको उनको भनाई छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि सञ्चारमाध्यमको महत्वुपर्ण भुमीका रहेको उल्लेख गदैँ मन्त्री खड्काले पत्रकारलाई धन्यवाद समेत दिए । पछिल्लो समयमा प्रदेश भरीका स्वास्थ्य संस्थाहरुको सेवा सम्पादनको स्तर बढेको समेत उनले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्