महेन्द्रनगर । अखिल नेपाल महिला संघ कृष्णपुर नगर कमिटी सम्मेलन सुरु भएको छ । नेकपा एमाले निकट महिला संगठनको कृष्णपुर नगर कमिटि चयनका लागि प्रथम नगर सम्मेलन आयोजना गरिएको हो ।
शुक्रबार नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सह–इन्चार्ज नरबहादुर धामीको प्रमुख आतिथ्यतामा नगर सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा प्रदेश कमिटी सदस्य जयराज पाण्डेय, शेर बहादुर सिंह, जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढा, जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर ईन्चार्ज लोकराज पन्त, सह इन्चार्ज छत्र महरा, लगायत भुगोलका जिल्ला कमिटी सदस्यहरुको सहभागीता रहेको छ ।
अनेम संघकी नगर कमिटि अध्यक्ष तारा बोहराको अध्यक्षतामा सुरु भएको भेलाले नयाँ कमिटि चयन गर्नेछ । भेलामा नगर कमिटिका पदाधिकारी एवम् सदस्य लगायत नेता कार्यकर्ताको सहभागीता रहेको छ ।
नेकपा एमाले कञ्चनपुरले आम निर्वाचनलाई लक्षीत गरि पार्टी गतिविधिलाई तिव्रताका साथ अघि बढाएको छ । सम्मेलनको उद्धघाटनशस्त्रमा प्रमुख अतिथि धामीले आम निर्वाचन केन्द्रीत भएर लाग्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन् ।

