भीमदत्तका ४० किशोरीलाई साईकल वितरण

महेन्द्रनगर । कञ्चनपुुरको भीमदत्त नगरपालिकाका ४० किशोरीलाई साईकल वितरण गरिएको छ । अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा नगरपालिकाले विभिन्न संघ संस्थाहरुको सहकार्यमा नगरका किसोरीहरुलाई साइकल वितरण गरिएको हो । शनिबार भीमदत्तका ८ वटा सामुदायिक विद्यालयका विपन्न, दलित र जेहेन्दार छात्रालाई साइकल हस्तान्तरण गरिएको छ । भीमदत्त नरगपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले महिलाको श्रमको सम्मान स्वरुप मनाईने महिला दिवस पुर्वसध्यामा नगरका किशोरीलाई साईकल वितरण गरिएको बताए ।

उनले नगरपालिकाले विकासमा साझेदारी र सहकार्यको नीति अनुरुप काम गरिरहेको बताउँदै ‘दिगो विकासका लागि जलवायु परिवर्तन नियन्त्रण र वातावरणमैत्री नीति तथा कार्यक्रम आवश्यक छ, त्यसका लागि साईकलको प्रयोग स्वास्थ्य, वातावरण र आर्थिक तीन वटै कुरामा फाईदाजनक छ’ उनले भने । ‘फोहोरको श्रोत मानविय क्रियाकलाप भएकोले त्यसको व्यवस्थापनको प्रमुख दायित्व पनि पनि हामीहरु कै हुन्छ, फोहोरलाई धेरै हदसम्म श्रोत मै व्यवस्थापन गर्न सकिन्छ ।’ नगर प्रमुख विष्टले भने ‘नगरपालिकाले एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सुरुवाती चरणदेखि नै प्रयास गदैँ आईरहेको छ, यसमा स्थानीयको सहयोग आवश्यक छ ।’

निड्स नेपाल, युएनडीपी, ग्रीन वे, एनसेल, एनएमबी बैंक, काठमाडौं साइकल सिटी र साइकल सिटी नेटवर्क नेपाल, आईएमई पे लगायका संघ सस्थाहरुको साझेदारीमा साइकल वितरण कार्यक्रम गरिएको हो । साईकल वितरण कार्यक्रम बोल्दै नगर उप–प्रमुख शुसिला चन्द सिंहले साईकल स्वास्थ्य र वातारणका लागि फाईदाजनक भएकोले त्यसको प्रयोग बढाउनु पर्नेमा जोड दिईन ।
युएनडीपीकी सुदूरपश्चिम प्रदेश प्रमुख वैजन्ती गिरी सिंहले किशोरीहरुको अध्ययनसँगै वातावरण संरक्षणमा टेवा पुग्ने उद्देश्यका साथ साईकल वितरण गरिएको बताईन् । उनले नगरपालिकासँगको सहकार्यमा युएनडिपीले वातावरणमैत्री पालिका निर्माण र लैङ्गीक समानताका क्षेत्रमा गरिरहेको बताउँदै अगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने उल्लेख गरिन् ।

फारवेष्र्टन राईडर्स क्लबका संस्थापक अध्यक्ष भरत बिक्रम शाहले किशोरीलाई गरिएको साईकल वितरण कार्यक्रमले उनिहरुको अध्ययनमा सहजता ल्याउनुका साथै स्वास्थ्य र वातारणका लागि पनि महत्वपुर्ण भएको बताए ।
साईकल वितरण कार्यसँगै वातावरणमैत्री प्ले कार्डसहित महेन्द्रनगर बजार क्षेत्रमा साईकल ¥याली समेत निकालिएको थियो । नगरपालिकाले विद्यालयहरुसँग छात्राहरुले २० वर्ष अघि बिहे तथा विद्यालय छोड्न नपाउने सम्झौता समेत गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्