बुद्धिजिवि परिषद कञ्चनपुरको अध्यक्षमा पाण्डेय

महेन्द्रनगर । नेकपा एमाले निकट नेपाल बुद्धिजिवि परिषद कञ्चनपुरको अध्यक्ष राजेन्द्र प्रशाद पाण्डेय चयन भएको छन् । शनिबार महेन्द्रनगरमा सम्पन्न नेपाल बुद्धिजिवि परिषद कञ्चनपुरको १० औँ जिल्ला अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिएको हो ।


परिषद्को उपाध्यक्षमा भवराज रेग्मी, सचिवमा उत्तम विष्ट, सह–सचिवमा चाँदनी पन्त, कोषाध्यक्षमा हरिस सामन्त चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गणेश जोशी, नर्मदा कलौनी, दुर्गा जोशी, लाल बहादुर चौधरी, भवानी सिंह विष्ट, जनक विष्ट, अम्बिका प्रशाद खतिवडा, हर्ष बहादुर चन्द, दिव्या चन्द र धर्मानन्द भट्ट चयन भएका छन् ।


पाण्डेयको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एमाले पोलिट व्युरो सदस्य तथा सुदूरपश्चिम सह–ईन्चार्ज राजेन्द्र सिंह रावल प्रमुख अतिथि रहेका थिए । उनले परिषदलाई पार्टीको विचारिक र सिद्धान्तीक विचारलाई प्रवाह गर्न आग्रह गरेका छन् । साथै उनले पार्टीको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखि नेपाली’लाई आत्मसाथ गर्दै निर्वाचन केन्द्रीत हुन एमाले नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।


अधिवेशनमा नेकपा एमाले पोटिल व्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरुदेवि पाल, सह–ईन्चार्ज नर बहादुर धामी, पार्टी सचिव पल्लवराज भट्टलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्