पुर्णागिरी खानेपानी आयोजना निर्माणका लागि नगर विकास कोषसँग ऋण लगानी सम्झौता

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा ठुलो खानेपानि आयोजना निर्माण हुने भएको छ । भीमदत्त नगरपालिका ६ र ७ का स्थानीयका लागि पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना निर्माण हुन लागेको हो । एशियाली विकास बैंकको वित्तिय सहयोगमा सञ्चालित शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना निर्माणका लागि नगर विकास कोषसँग ऋण लगानी सम्झौता भएको छ ।

आईतबार नगर प्रमुख सुरेन्द्र विष्टको जमानतमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समिती अध्यक्ष देवेन्द्र राज ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गरे । २१ करोड २८ लाख ४८ हजारमा निर्माणका लागि ठेक्का कबोल गरिएको उक्त आयोजनमा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत १४ करोड ८९ लाख ९३ हजार, नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत ५ करोड ३२ लाख १२ हजार उपलब्ध हुनेछ भने तीन प्रतिशत नगरपालिका र दुई प्रतिशत उपभोक्ता समितिले व्यहोर्ने छ ।


भीमदत्त नगरपालिकाले नगरवासीलाई स्वच्छ खानेपानीको सुविधा दिन विभिन्न आयोजना सञ्चालन गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । नगरपालिकाले यसअघि सिद्धनाथ बैजनाथ खानेपानी आयोजनामार्फत भीमदत्त नगरपालिका–६, ८ र १० का स्थानीयलाई सेवा दिन सुरु गरिसकेको छ ।


भीमदत्त नगरपालिका–७ का वडाध्यक्ष शंकर कुवँरले सुदूरपश्चिमकै ठुलो आयोजनाको रुपमा पुर्णागिरी खानेपानी आयोजना सञ्चालन हुन लागेको दावि गरे । उनका अनुसार आयोजनाबाट दुई हजार नौ सय घरधुरी लाभान्वित हुने सर्वेक्षण गरिएको छ । तर ति मध्ये आठ सय घरधुरीलाई वडा नम्बर ८ को आयोजनाबाट खानेपानी वितरण गरिएको छ ।
१५ महिना भित्रमा आयोजना सम्पन्न गरि सक्ने लक्ष्य लिईएको वडाध्यक्ष कुवँरले बताए ।

‘आयोजना सुरु भएको १५ महिना भित्रमा काम सम्पन्न गरि सक्नु पर्छ ।’ उनले भने ‘केही ढलाई भएमा पनि २२ महिनाभित्रमा घर–घरमा खानेपानी पु¥याउछौँ ।’ खानेपानी तथा ढल व्यवस्थापन विभागसँग छलफलपछि आयोजनाले गति लिने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्