धनगढी – सीमा नदीको सामुदायिक सदुपयोग (ट्रोसा) परियोजनाको उपलब्धी र समिक्षा तथा हस्तान्तरण सम्बन्धी प्रादेशिक कार्यशाला गोष्ठी आइतबारदेखि धनगढीमा सुरु भएको छ । ५ वर्षदेखि महाकाली नदी किनारका दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमा सञ्चालित उक्त परियोजना समापनका अवस्थामा उक्तकार्यक्रम आयोजना गरिएको हो ।
दुई दिनसम्म चल्ने गोष्ठीमा महाकाली नदी बेसिनका स्थानय तहका प्रमुखउप प्रमुखदेखि वडाध्यक्ष लगायतका जनप्रतिनिधि,साझेदार संस्थाका प्रतिनिधि, महिला सशक्तिकरण केन्द्रका पदाधिकारी तथा सदस्य र सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ ।
गोष्ठीको शुभारम्भ कार्यक्रममा रुडुककी अध्यक्ष तथा प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवाको समेत उपस्थिति रहेको थियो । उनले ट्रोसा परियोजनाले महाकाली नदी बेसिनमा भएका धेरै अभ्यासहरु अन्यत्रका लागि समेत सिकाइहुने बताइन् । साथै यस्ता क्रियाकलापलाई निरन्तरता दिनु सबैका लागि चुनौतीको विषय समेत भएको बताइन् ।
अक्सफार्मको सहयोगमा सञ्चालित ट्रोसा परियोजनाकञ्चनपुरमा निड्स, डडेलधुरामा रुडुक, बैतडीमा रुडेस र दार्चुलामा सिआरडीएसमार्फत सञ्चालन भइरहेको हो ।