भीमदत्त–१८ मा नेकपा एमालेको टोल कमिटि गठन सुरु

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले स्थानीय निर्वाचन केन्द्रीत गतिविधिलाई तिव्रताका साथ अघि बढाएको छ । सोही अन्र्तगत भीमदत्त –१८ मा पार्टीका टोल कमिटिसँगै जनवर्गाीय संगठनको पनि टोल कमिटि गठन सुरु गरिएको छ । मंगलबार मात्रै खैरभट्टी क्षेत्रमा डबली सुरनारको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटि गठन गरिएको जिल्ला कमिटि सदस्य तथा युवा ईन्चार्ज रविन्द्र देवकोटाले बताए ।


उनका अनुसार खेरभट्टी क्षेत्रमा ललिता पौडेलको अध्यक्षतामा १५ सदस्यीय अनेम संघ र शंकर ओडको अध्यक्षतामा ११ सदस्यीय युवा संघ गठन गरिएको छ ।
वडा कमिटि अध्यक्ष प्रशान्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेले लेखा आयोगका सदस्य ईश्वरी प्रशाद खरेल रहेका थिए भने विशिष्ठ अतिथिमा जिल्ला कमिटि सदस्य भीम बहादुर शाहु, कमला देवकोटा, रविन्द्र देवकोटा, विष्णु कणेँल, नारद सुनार, निर्मला देवी थापा र नगर अध्यक्ष हिमाल चन्द लगायतको सहभागीता रहेको थियो ।
जिल्ला कमिटि सदस्य देवकोटाले स्थानीय तहको निर्वाचन केन्द्रीय भएर पार्टी गतिविधिमा तिव्रता दिईएको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्