मनै लोभ्याउने लुम्बीनीको लोकप्रियता


केशब कुमार मलासी
शैक्षिक भम्रण होस या कुनै पनि किसिमको अवलोकन भम्रण होस, हामी पश्चिम महाकाली देखि पुर्वी कोशी सम्मका नेपालवासीको एक प्रमुख रोजाईको गन्तव्यका रुपमा पर्ने क्षेत्र हो, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी ।
फरक अनुभुति अनि अभिभावक्तवको जिम्मेवारी बोध अवस्थाका साथ भाग्यवश चोथौ पटक लुम्बीनी क्षेत्रको भम्रण साईत जुरेकै अनि लुम्बीनीले लौभ्याएकै भनेर भन्न सकिन्छ।

पहिलो पटक भम्रण गर्दा आफै कलेजको एक विधार्थी थिए भने, द्रोस्रो र तेस्रो पटक घुम्ने अवसर पाँउदा पेशागत तवरले तालिममा सहभागी हुदै पुग्नु पाएको थियो । एक घुमन्ते यात्रीका हिसाबले नेपालका केही खास ठाँउ प्राकृतिक नगरी पोखरा र धार्मिक तथा ऐतिहासिक क्षेत्र लुम्बीनी जाति घुमेपनि धित नमटिने घुमाई क्षेत्र लागेको छ ।


विधालय तथा कलेज बेलाको किशोर अवस्थाको पुर्नतार्जगीलाई झझल्को दिनेगरी केएर नेपाल र निड्स नेपालको सहयोगमा कञ्चनपुर जिल्लाका सबै ९ वटै स्थानिय तहका किशोरी सञ्जाल र किशोरी समुहहरुको क्षमता विकास अभिवृद्धीका लागि अवलोकन भम्रण कार्यक्रमलाई नेत्तृत्व गर्दे जाने तय भयो । सबैलाई समेटदै आफनै नेत्तुत्वमा लैजादै गर्दा किशोरीवर्गको यस किसिमको नवीनतम ठाँउहरुमा घुम्ने चाहना ईच्छा आकाँन्क्षा बेला मौकाले जुर्ने गर्दछ ।

सुन्दर शान्त विश्व विख्यात भुमिमा पार्टी भन्दा प्रसिद्दि कमाएका स्वतन्त्र नगरप्रमुख मनमोहन चौधरीको तर्फबाट लुम्बीनी स्मारिका प्राप्ति सँगै लुम्बीनी क्षेत्रको अलौकिक गाथा कतिबेला पुगम भन्ने उत्कृष्ट अभिलाषा झन व्याप्त भयो । सबैलाई एकत्रित गर्दागदै समयभन्दा केहि ढिला हुन गएपनि लुम्बीनीको मुटु मुख्य केन्द्रबिन्दु सिर्दाथ गौतम बुद्धको जन्म स्थल मायादेवी मन्दिर नै दर्शन गर्ने कुरा रह्यो ।

न्दिर भित्रको शीतलतता, स्वच्छन्दतासँगैको सुरम्यताले मन मष्तिकषमा शान्तको अनुपम आन्नदता प्राप्ति हुने गर्दछ । भौतिकता तर्फ उन्मुख मानव सभ्यतामा कुनैपनि फोटो लिन नमिल्ने नियमले पनि मान्छेको आधुनिकता भन्दा प्राकृतिक वातावरणमा केही बेर भएपनि डुब्नलाई सकारात्मक रुपमा बाध्य बनाएको छ ।

पञ्चशीलका सिद्धान्तहरु अनुसरण गरौ भन्ने महत्वपुर्ण शिलालेखको अध्यन पश्चात हिडदै अगाडि बढदा मायादेवी मन्दिर परिसरको प्रवेशद्धारमा टिकटका लागि पुग्दा सबै भम्रणाथीहरु जुत्ता फुकाली हातखुट्टा धोई मायादेवी मन्दिर तर्फ प्रस्थान गर्न पुग्यौ । होहल्ला नगरी शान्ति चित्तले हेर्न र गौतम बुद्धप्रतिको आदरभावको प्रकटताले वातावरण आफैमा अनुपम थियो ।

प्रवित्र पावन स्थलमा रहेका सम्पुर्ण धरोहर मध्ये मायादेवि मन्दिर प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको छ। विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्व तथा प्राचीनता माथि प्रकाश पार्दछन । मन्दिर भित्रको शीतलतता, स्वच्छन्दतासँगैको सुरम्यताले मन मष्तिकषमा शान्तको अनुपम आन्नदता प्राप्ति हुने गर्दछ । भौतिकता तर्फ उन्मुख मानव सभ्यतामा कुनैपनि फोटो लिन नमिल्ने नियमले पनि मान्छेको आधुनिकता भन्दा प्राकृतिक वातावरणमा केही बेर भएपनि डुब्नलाई सकारात्मक रुपमा बाध्य बनाएको छ ।

मन्दिर भित्रका भग्नावशेषहरु ई.पु पाँचौ शताब्दी देखि सातौ शताब्दीसम्मका छन भन्ने कुराको जानकारी पाईयो । लामबद्द भएर जाँदै गर्दा अन्तिम व्यग्रता प्रस्तुत गर्ने ठाँउमा एक गहिरो कोठामा विशेष सुरक्षा सहितको सिसाको कोठामा जन्मस्मारक शिला देख्न सकिन्छ जसले भगवान बुद्धको जन्मबिन्दुलाई स्पष्ट देखाँउछ । ई.पु ६२३ मा माता मायादेविका कोखबाट बौद्ध धर्मका प्रणेता तथा शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जसले जन्मने बित्तीकै सात पाइला हिडदै मनुष्य जातिका लागि युगान्तकारी उद्गार प्रकटता सो ठाँउको दर्शनले देखाएको छ ।


यससँगै जन्म मुर्तिका रुपमा मायादेवी मुर्ति जसले भगवान बुद्धको जन्म दृश्यलाई देखाएको छ। यी मह्तपुर्ण अवशेषहरुले नै सम्पुर्ण लुम्बीनी क्षेत्रको प्रख्याति तथा प्राचीनतालाई पुष्टि गरेको छ। मायादेवि मन्दिर भित्र रहेका पुरातात्विक तथा ऐतिहासिक साक्षहरुले शताब्दीऔ देखि विभिन्न व्याक्तित्वहरुले लुम्बीनीको तीर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन । प्रसिद्ध मौर्य सम्राट अशोकले लुम्बीनीको तीर्थयात्राको क्रममा ई.पु २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ र यसमा कुदिएको शिलालेख हिद बुधे जाते शाक्यमुनि अर्थात यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो भन्ने शिलालेख सहितको ढुँगाको स्तम्भले भगवान गौतम बुद्धको जन्म लुम्बीनीमा नै भएको ऐतिहासिक प्रमाण दिएको छ ।

मायादेवि मन्दिरसँगै बेबि बुद्ध, राजकीय थाई विहार, म्यान्मार गोल्डेन स्तुपा तथा विहार, श्रीलँका विहार, सिँगापुर विहार, द ग्रेट लोटस स्तुपा जर्मनी, लिन्सन विहार फ्रान्स, भियतनाम विहार, चिनीया विहार, कोरियन विहार, कम्बोडियन विहार, महाबोधी समाज विहार, कलकत्ता, ब्रजायन विहार नेपाल, विश्व शान्ति स्तुप, जापान, लुम्बीनी संग्रहालयसँगै लुम्बीनी अन्तराष्ट्रिय सँस्था जस्ता अनेकन सरँचनाहरुले विश्व नै यही छ भन्ने झझल्को दिएको छ।

यसै अशोक स्तम्भको दक्षिणमा रहेको करिब बीस पाईला पर एउटा पवित्र पुष्करिणी पोखरी जसमा मायादेविले बुद्ध भगवानलाई जन्म दिनु भन्दा अगाडि नुहाउनुको सँगै जन्म पश्चात प्रथम स्थान गराई शुद्ध समेत बनाईएको कथन तथा विश्वास बौद्ध ग्रन्थहरुमा भेटिन्छ । मायादेवी मन्दिर परिसरका महत्वपुर्ण क्षेत्रहरुको अवलोकन पश्चात सिधा अगाडि बढदा बीच बाटोमा उत्तर तर्फ फर्केको सिदार्थ गौतम बुद्धको दाँया हात उठाएको मुर्ति र त्यसकै छेउमा ठुलो अक्षरका साथ लुम्बीनी लेखिएको ठाँउमा भम्रणार्थीहरुको ध्यान फोटो, भिडीयो र टिकटकमा ध्याउन्न देखिन्थे। दक्षिणबाट उत्तर तर्फ जाँदा जँहा नहरको छेउमा शान्ति दीप देख्न सकिन्छ । दिनरात अटुट रुपमा बलिरहने यो दीपले विश्व शान्तिको कामनाको सन्देश दिन्छ।


शान्ति दीपको ठीक सिधा एउटा लामो पोखरी जस्तो नहर आँउछ जसको दाँया बाँया ईटा छापिएका चौडा बाटाहरु छन। त्यही बाटो भएर लुम्बीनीको मुख्य स्थल मायादेवि मन्दिर सम्म पुग्ने गरिन्छ। त्यँहा विधुतीय सवारी साधनका रुपमा उपलब्ध डुँगाहरु गुड्छन। सबैको टिकट सशुल्क रुपमा काटिईसकेपछि सहभागी सबैले केहीबेर भएपनि जलयात्राको आन्नदको अनुभुति प्राप्त हुन्छ। बसपार्क छेउैमा जोडिएको बजारमा लुम्बीनीको चिनोका रुपमा लिन मानिसहरुको भीँडभाड यस क्षेत्रको व्यापार व्यवसायलाई राम्रै प्रर्वद्धन गरेको छ।

मायादेवि मन्दिरसँगै बेबि बुद्ध, राजकीय थाई विहार, म्यान्मार गोल्डेन स्तुपा तथा विहार, श्रीलँका विहार, सिँगापुर विहार, द ग्रेट लोटस स्तुपा जर्मनी, लिन्सन विहार फ्रान्स, भियतनाम विहार, चिनीया विहार, कोरियन विहार, कम्बोडियन विहार, महाबोधी समाज विहार, कलकत्ता, ब्रजायन विहार नेपाल, विश्व शान्ति स्तुप, जापान, लुम्बीनी संग्रहालयसँगै लुम्बीनी अन्तराष्ट्रिय सँस्था जस्ता अनेकन सरँचनाहरुले विश्व नै यही छ भन्ने झझल्को दिएको छ।

भम्रणका क्रममा लुम्बीनीलाई सर्सती हेर्ने हो भने पुरा एक दिन लाग्छ । हेरेका कुराहरु बुझने पनि हो भने त कम्तीमा एक दुई दिनको बसाई नै बनाउनुपर्छ । यसर्थ भन्न सकिन्छ सँयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व सँस्था युनेस्को ले सन १९९६ मा विश्व सम्पदा सुचीमा सुचीकृत गरेको लुम्बीनी सानो छैन। यसको लोकप्रियता र बौद्ध विषयवस्तुको धार्मिकताले एउटा सानो विश्व नै भन्दा पनि हुन्छ।


लुम्बीनी विश्व शान्तिका अग्रदुत सिर्दाथ गौतम बुद्धको जन्मस्थान, बुद्ध धर्म र बुद्ध दर्शनको उद्गक स्थल हो । विश्वभरका बौद्धमार्गीहरुको सबैभन्दा ठुलो पवित्र तीर्थस्थल तथा अन्य धर्मालवम्बीका लागि प्रमुख पर्यटकीय गन्तव्य स्थलका रुपमा प्रख्यात लुम्बीनी धार्मिक्, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय महत्वका दृष्टिले विश्व जगतको केन्द्रका रुपमा रहेको छ। छब्बिस सय वर्ष अगाडि यस भुमिमा जन्मेर बुद्धले फैलाएको शान्ति र अहिँसाको सन्देश आजका दिनमा झनै अपरिहार्य छन जुन कुराले विश्व बन्धुत्व, भाईचारा र सदभाव यथावत राख्न महत्वपुर्ण मानिदै गएका छन।

लुम्बीनी भगवान गौतम बुद्धको जन्मस्थल भएकाले आद्धितिय तीर्थस्थल त हुदै हो तथापि यो क्षेत्रको महत्व यतिमै सीमीत छैन। एक प्रकृतिप्रेमीका हिसाबले यँहाको जैविक विविधता र मनोरम पाकृतिक दृश्यले म जस्तै प्रकृतिप्रेमीलाई मोहनी लगाउँछ। लुम्बीनीमा करिब २५० प्रजातिका चराहरुमध्ये प्रेम र समपर्णको प्रतीक मानिने सारस जसलाई लुम्बीनी साँस्कृतिक नगरपालिकाले शान्तिको प्रतीकका रुपमा लिदै सरक्ष्ाँणका लागि नगरपक्षीका रुपमा घोषणा नै गरेको पाईयो ।

विश्व शान्ति र मानव हितको मुल दर्शनलाई आत्मसात गर्दे मैत्रीपुर्ण समाज निर्माण गर्न एव अहिँसाको माध्यमबाट सबैको घर पृथ्वी तथा प्राणीको हितमा समर्पित हुन उत्प्रेरणा जगाँउने खालको अनुभुति तपाँई हामीलाई लुम्बीनी क्षेत्रको भम्रणले दिनेछ । (लेखक मलाशी वन, वातावरण, पर्यापर्यटन विकास सँगै सामाजिक अभियानका क्षेत्रमा सर्मपित रही कलम चलाउँछन। )

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort