कृष्णपुरका मेयर हमालद्वारा किसानलाई कृषि उपकरण हस्तान्तरण: बालुवाफाटालाई दिए ‘सुनफाटा’ को उपमा

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले बालुवाफाटालाई ‘सुनफाटा’ को उपमा दिएका छन । कञ्चनपुरको कृष्णपुरमा तरकारी उत्पादनका लागि नमूना क्षेत्र रहेको बालुवाफाटालाई मेयर हमालले ‘सुनफाटा’ उपमा दिएका हुन ।

बुधबार सो क्षेत्रका ५ जना किसानलाई अनुदानमा पाटर टिलर हस्तान्तरण गर्दै मेयर हमालले बालुवाफाटा सुन फलाउने फाट भएको बताए ।
‘हामीले कृष्णपुरको वडा नम्बर ६ बलुवाफाटा भएपनि हामीले यसलाई ‘सुनफाटा’ भनेका छौ’ उनले भने ‘यो बालुवा फाटा नभएर सुन फलाउने फाटा हो । यहाँका धेरै जना कृषिमा लागेका छन । यो क्षेत्र कृषिमा आत्मनिर्भर छ । यसका कृषि उत्पादन बाहिर निर्यात भइरहेका छन ।’
उनले कृषिमा लागेकाहरुलाई सहयोग पुगोस् भनेर अत्यावस्यक बस्तु वितरण गर्ने गरेको बताए । उनले चालु आर्थिक बर्षमा पनि कृषिलाई टेवा पुग्ने गरी ५० प्रतिशत अनुदानमा पावर टिलर हस्तान्तरण गरिएको बताए ।

‘अझै यस क्षेत्रको कृषिलाई बढावा दिनका लागि हामीले पावर टिलर वितरण गरेका छौ’ उनले भने ‘यो क्षेत्रमा बेमोसमी तरकारी देखि मौसमी तरकारी उत्पादन हुन्छ । हामीले यस क्षेत्रलाई पकेट क्षेत्रका रुपमा अगाडी बढाएका छौ ।’

वडा नम्बर ६ का अध्यक्ष नथु राम चौधरीले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई पावर टिलर वितरण गरिएको बताए । उनले प्रति पावर टेलर १ लाख वडा र १ लाख किसानको लगानी लगाइएको बताए ।
कृषी उत्पादन बिक्रीका लागि पनि वडाले काम गरिरहेको वडा अध्यक्ष चौधरीले बताए । ‘यस क्षेत्रका कृषि उत्पादन विचौलीया मार्फत भइरहेकाले तरकारी हाटबजार हुनु पर्छ । भनेर तरकारी संकलन केन्द्र पनि स्थापना गरेका छौ’ उनले भने ‘तरकारी हाटबजारका लागि हामीले गजरौलामा काम अगाडी बढाएका छौ । यसै बर्ष सो बजार संचालनमा आउने छ ।’ वडाले सो क्षेत्रका करिब ३ सय किसानले व्यवसायीक रुपमा कृषि पेसामा लागेको जनाएको छ ।
किसान हर्षित
अनुदानमा पावर टिलर पाएकी प्रभा देवी चौधरीले पावर टिलर पाउँदा निकै खुसी लागेको बताइन् । उनले १५ कट्टा जग्गामा तरकारी संगै अन्य बाली खेती गरेको बताईन । उनले भनीन् ‘पहिले जोताइका लागि केही थिएन । भाडामा पावर जोताउन्थे । अब सहज हुने भएको छ ।’
स्थानीय कुम्भकर्ण चौधरीले १ विगा जग्गामा धान गहुँ खेती गर्ने गरेको बताए । उनले पावर टिलर पाएपछि जोताईका लागि सहज हुने बताए । १० कट्टा जग्गामा तरकारी र अन्यबाली खेती गर्ने भरत ताम्राकारले पनि अनुदानमा पावर टेलर पाउदा खुसी लागेको बताए । उनले पावर टिलर पाएपछि खेती गर्न सजह हुने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्