खाद्य अधिकारको सवाल पहिचान तथा दस्तावेजिकरण सम्बन्धि अभिमुखिकरण

महेन्द्रनगर । खाद्य अधिकार सञ्जाल कञ्चनपुरले खाद्य अधिकारको सवाल पहिचा तथा दस्तावेजिकरण सम्बन्धि पुर्नताजकीय अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बुधबार सञ्जालले फियान नेपालसँगको सहकार्यमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम सञ्जालका पदाधिकारी तथा सदस्य, पत्रकार, फियान नेपालका सुदूरपश्चिम संयोजक मुकुन्द राना लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा भुमी आयोगले अघि बढाएको पुर्जा वितरणको पक्रिया र त्यसबारे स्थानीयलाई सुचना प्रवाहको अवस्थाका बारेमा जानकारी लिने, स्थानीय तहमा अनुगमन तथा किसानलाई आवश्यक सहजिकरण गर्ने निर्णय गरिएको छ । सञ्जालका संयोजक कोमल निरञ्जन भाटले खाद्य अधिकारका सवालको पहिचान तथा दस्तावेजिकरणसँगै समाधानका लागि पैरवी गरिदैँ आएको बताए । उनका अनुुसार फियान नेपालसँगको सहकार्य किसान, खाद्यसँग जोडिएका मुद्धाहरुमा सञ्जालले सहजिकरण गर्ने गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्