रमेश लेखकप्रति अध्यक्ष विष्टको कटाक्षः विकासप्रेमीले महेन्द्रनगर स्मार्ट सिटीको योजना किन काटेको ?

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले महेन्द्रनगर स्मार्ट सिटीको योजना कांग्रेस नेता रमेश लेखकले काटेको दावि गरेका छन् । शनिबार एमाले भीमदत्त नगर कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धन गदैँ उनले यस्तो दावि गरेका हुन् । कांग्रेस नेता लेखकप्रति कटाक्ष गदैँ अध्यक्ष विष्टले भने ‘तत्कालिन हाम्रो पार्टीको सरकारले महेन्द्रनगरलाई स्मार्ट सिटी बनाउने योजनमा छनौट गरेको थियो, आफुलाई विकासप्रमीे भन्ने त्यसमा पनि देउवा नजिकाले महेन्द्रनगर स्मार्ट सिटी बनाउने योजना किन काटेको ?’


पुर्वमन्त्री समेत रहेका नेता लेखक प्रधानमन्त्री देउवाका विश्वास पत्र मानिन्छन् । देउवा नेतृत्वको सरकारले योजना छनौट भई बजेट समेत सुनिश्चत भई सकेको स्मार्ट सिटीको योजना कटौती गर्नु यस क्षेत्रका जनताको सपना विफल बनाएको बनाएको अध्यक्ष विष्टको भनाई छ । साथै लेखकले यस क्षेत्रको विकास चाहेको भए महेन्द्रनगर स्मार्ट सिटीको योजना कटौती हुनै नसक्ने उनले दावि गरे ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको प्रतिस्थापन बजेटमा महेन्द्रनगर स्मार्ट सिटीको योजना हटाईएको थियो ।
केपी ओली नेतृत्वको अघिल्लो मन्त्रीपरिषद्को गत चैत २५ गते को बैठकले बजेट सुनिश्चितासहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको थियो ।
प्रत्येक सहरका विकासका लागि वर्षेनी १\१ अर्ब रुपैयाँका दरले १२ अर्ब रुपैयाँ विनियोजन गरि सहरीकरणसँग स्मार्ट सहर निर्माण गर्ने तत्कालिन सरकारको योजना थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्