चुनाव अघि निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष भण्डारीको चुनौती

महेन्द्रनगर । नेकपा (एमाले) सुदूरपश्चिम कमिटि अध्यक्ष दामोदर भण्डारीले स्थानीय निर्वाचन अघि निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन प्रधानमन्त्री शेर बहादुर देउवालाई चुनौती दिएका छन् ।
कांगे्रसले निर्मला हत्याकाण्डलाई राजनितिकरण गरेको भन्दैँ प्रदेश अध्यक्ष भण्डारीले चुनाव अघि हत्यारा पत्ता लगाउन पार्टी सभापति समेत रहेका देउवालाई चुनौती दिएका हुन् ।
शनिबार महेन्द्रनगरमा आयोजित भीमदत्त नगरस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दैे ‘शेरबहादुर जी निर्मलाको हत्यारा सार्वजनिक गर्न सक्नु हुन्छ ? तपाईले पहिलो पटक चुनाव लडेको क्षेत्र हो, तपाईको निकट भएका नेताहरु यहाँ बस्छन्,’ अध्यक्ष भण्डारीले भने, ‘सक्नु हुन्छ भने स्थानीय निर्वाचन अघि निर्मलाका हत्यारा सार्वजनिक गर्नुहोस्, सक्नु भएन भने हत्यारा लुकाउनेहरुका मुकुन्डा जनता माझ लगेर जान्छौं ।’
नेकपा नेतृत्वको सरकार हुदाँ कांगे्रसले सरकारले नै हत्यारा लुकाएको भन्दैँ चर्को आलोचना गरेको थियो । कांग्रेसले प्रतिपक्ष हुदाँ सरकारलाई आरोप लगाउने तर सत्तामा हुदाँ घटनाको अनुसन्धान नगर्ने गरेको उनको भनाई छ ।
सुदूरपश्चिमका ५१ प्रतिशत पालिकामा एमालेको नेतृत्व आउने दाबी अध्यक्ष भण्डारीले गरे । ‘हामीले आँकलन गरे अनुसार परिणाम आउन सकेन भने नेतृत्व गर्नेहरुले पद छोड्नु पर्छ,’ उनले भने, ‘सबै पार्टी जिताउन लागौं, लक्ष्यलाई पूरा गर्न सकेनौं भने पद छोडेर नयाँलाई नेतृत्व दिऔं, म पनि प्रदेशको पद छोड्न तयार छु ।’
सरकारमा बस्नकै लागि एमसीसी पारित गरेको उनको भनाई छ । ‘केही व्यक्तिहरुले सरकारमै बस्न र मन्त्री पद जोगाउनका लागि एमसीसी पारित गरे,’ उनले भने, ‘अहिलेको गठबन्धन सरकार ठग बन्धन हो ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्