फारवेस्टन कर्पोरेट क्रीकेट कपको उपाधी मेगा साकोसलाई, नबिलकाे टिम उप विजेता

महेन्द्रनगर । स्टार प्रोडक्सन आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा महेन्द्रनगरको कबर्डहलमा सम्पन्न भएको फारवेस्टन कर्पोरेट क्रीकेट कप २०२२ को उपाधी बिजेता मेगा साकोस भएको छ । टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको मेगा साकोसले नबिल बैंकलाई ब्याटिङको निम्तो दिएको थियो ! निर्धारित ६ ओभरको खेलमा १ बिकेट गुमाउदै ८० रन बनाउन सफल भएको थियोे । नबिल बैंकका गणेश धामिले सर्बाधिक १७ बलमा अबिजित ४४ , रन र बिबेक बिष्टले १३ बलमा अबिजित २० रन र गणेश चन्दले १० रनको योगदान गरेका थिए । मेगा साकोसका सन्तोष पन्तले १ बिकेट लिएका थिए । ८१ रनको बिजयीलक्ष पन्छाएको मेगा साकोसले ५.५ ओभर खेल्दै २ बिकेटको क्षतिमा लक्ष भेटाउन सफल भएको थियो । मेगा साकोसका लागि किशोर खडायतले सर्बाधिक १५ बलमा अबिजित ३९ रनको योगदान गरेका थिए भने सन्तोष पन्तले १७ रनको योगदान गरेका थिए । नबिल बैंकका राजिभ भट्टले २ बिकेट लिएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन । उक्त खेलका म्यान अफ द म्याच किशोर खडायत घोषित भएका थिए । प्रतियोगिता बिजेता टिमले १,०५,००० सहित आकर्षक ट्रफी , प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो भने उपबिजेता टिमले ५५,००० सहित आकर्षक ट्रफी , प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो । प्रतियोगिताका म्यान अफ द सिरिज ओपेरा सिएमजिका हिमाल श्रेष्ठ , बेस्ट ब्याट्सम्यान मेगा साकोसका किशोर खडायत र बेस्ट बलर ओपेरा सिएमजीका हिमाल श्रेष्ठ भएका थिए । समापन समारोहमा सभापति भोजराज जोशी , प्रमुख अतिथिमा गजेन्द्र बहादुर चन्द विशिष्ट अतिथिमा करन पाल , रघुनाथ ओझा , हेमन्त खड्काहरुको सहभागीता रहेको थियो । प्रतियोगिता सभ्य रुपमा सफल भएको स्टार प्रोडक्सनका अध्यक्ष अक्ष्यत पान्डेयले बताउनु भयो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्