तीन दशकपछि महेन्द्रनगर बजार क्षेत्रमा खानेपानीका नयाँ लाईन बिछ्याईदैँ


महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रमा खानेपानी लाईनको नयाँ लाईन बिछ्याने काम सुरु गरिएको छ । भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाको कामसँगसँगै महेन्द्रनगर खानेपानी संस्थानले पनि काम अघि बढाएको हो । संस्थानको महेन्द्रनगर शाखा प्रमुख संगिता थापाले आयोजनाले गरिरहेको सडक निर्माणको कामसँगै लाईन परिर्वतन(रिप्लेसमेन्ट)को कार्य पनि सुरु गरिएको बताईन् ।

उनका अनुसार महेन्द्रनगर बजारका पाँच वटै गल्ली, बसपार्क लगायत बजार आसपासका क्षेत्रमा लाईन रिप्लेसमेन्ट भईरहेको हो । खानेपानी आयोजना निर्माणपछि करिब तीन दशकपछि लाईन परिर्वतन गरिन लागेको हो । लाईन पुनः निर्माणसँगै मर्मतका लागि भीमदत्त नगरपालिकाले संस्थानलाई आग्रह गदैँ आईरहेको थियो । खानेपानीको लाईन जिर्ण हुदाँ पानी चुहावट हुने गरेको थियो ।
भीमदत्त नगरपालिकाले व्यवस्थीत र आधुनिक शहरी निर्माण गर्ने योजनासहित जिर्ण पाईप लाईन फेर्न पहल गर्दै आएको थियो । भीमदत्त नगरपालिकाको जमानतमा नगर विकास कोषको ऋण सहयोगमा योजनाको बजेट सुनिश्चत गरिएको हो ।

संस्थानको महेन्द्रनगर शाखा प्रमुख थापाका अनुसार विभागबाट संस्थानलाई आयोजना हस्तान्तरण भएको करिब तीन दशकपछि पहिलो पटक लाईन फेरिन लागिएको हो । ‘नगरपालिकाले सडक विस्तार निर्माण गरिरहेकाले सडकमुनी रहेका लाईन हटाउनु पर्ने देखियो ।’ संस्थानकी प्रमुख थापाले भनिन् ‘खानेपानीका लाईनहरु सडकमै छन्, सडक विस्तार र लाईन जिर्ण भएकोले त्यसलाई रिप्लेसमेन्ट गरिरहेका छौँ ।’

अहिले महेन्द्रनगरको गल्ली नम्बर १ मा सडकको दुवै छेउ पाईप लाईन विछ्याउने काम भईरहेको छ । नगरपालिकाले सडक निर्माणका लागि अतिक्रमित संरचना भत्काउन थालेपछि पाईप लाईन जडान गर्न संस्थानलाई सहज भएको छ ।
निर्माण कार्यलाई दिगो बनाउन सडक आयोजना र संस्थानको कामसँगै सुरु गरिएको उनले बताईन् । एक वर्षभित्रमा निर्माण कार्य सक्ने गरि खगराज एण्ड अमित कष्ट्रसनसँग ठेक्का सम्झौता गरिएको छ । उसले पाईप खरिद र रिप्लेसमेन्ट दुवै काम गर्ने संस्थानले जनाएको छ ।

‘जति चाँडो सडक आयोजनाको काम हुन्छ, त्यससँगै खानेपानीको काम पनि हुन्छ ।’ संस्थानको महेन्द्रनगर शाखा प्रमुख थापाले भनिन् ‘करिब एक हप्ता खानेपानी अवरुद्ध हुन सक्छ, लाईन रिप्लेसमेन्टसँगै मुल लाईनमा जोडेर खानेपानी पुनः सुचारु गछौँ ।’ यस योजना अन्र्तगत करिख ३० किलोमिटर लाईन परिर्वतन गरिने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्