नयाँ नेतृत्वपछि लयमा फर्कियो एमालेः पार्टी निर्माणमा यसरी सक्रिय छन्, अध्यक्ष विष्ट

महेन्द्रनगर । बिहिबार निर्माण व्यवसायि संघ कञ्चनपुरको हल सहभागीले भरिएको थियो । त्यहाँ शिक्षकले विद्यार्थीलाई पढाई रहेको कक्षाकोठाको जस्तै माहोल बनेको थियो । प्रशिक्षकले पावरपोईन्टको स्लाईडमार्फत सहभागीलाई पढाई रहेका थिए । हेर्दा नियमित कक्षा वा कुनै अभिमुखिकरण कार्यक्रम जस्तो लाग्ने यो समारोह नेकपा एमाले कञ्चनपुरको सहजीकरण कार्यक्रम थियो । जसमा प्रशिक्षक थिए पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट । अध्यक्ष विष्टले पावरपोईन्टको स्लाईडमार्फत नै नेता, कार्यकर्ता र संगठनका पदाधिकारीलाई प्रशिक्षण दिईरहेका थिए ।

शनिबार एमाले कञ्चनपुरले जिल्लाका ९२ वडामा पार्टी परिक्षण राखेको छ । सोही कार्यक्रमको सहजिकरण तथा प्रशिक्षकलाई अध्यक्ष विष्टले बिहिबार परिक्षण दिएका हुन् । भीमदत्त नगरपालिकाको मेयर समेत रहेका अध्यक्ष विष्ट अहिले पालिकाको कामसँगै पार्टी गतविधिमा उलेख्य समय दिईरहेका छन् । उनले प्रत्यक्ष भेला, भेटघाट र भर्चुअल बैठकमार्फत समेत पार्टी पंक्तिलाई परिचालन गरिरहेका छन् ।

समृद्ध नेपाल, सुखि नेपाली, समाजवादसँगै एमाले नेतृत्वको सरकारले गरेका जनमुखी काम र कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गरेका जन विरोधी कामको भण्डाफोर गर्न नेता कार्यकर्तालाई प्रशिक्षण दिईएको एमालेका उप–सचिव कर्ण बहादुर चन्दले बताए । उनका अनुसार एमालेले स्थानीय निर्वाचनलाई लक्षीत गरि पार्टी गतिविधि तिव्रताका साथ अघि बढाएको छ ।
आठौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व पाएको एमालेले पार्टीको संरचना, संगठन निर्माणसँगै अन्तर विरोधलाई हटाउँदै लगेको छ । जिल्लाको नयाँ नेतृत्वले वेदकोट र दोधराचाँदनी नगर कमिटिलाई सहमतीमै चयन गरिएको छ । अध्यक्षमा सहमती हुन नसकेपछि त्यहाँ नगर कमिटिको अधिवेशन स्थकित भएको थियो । त्यस्तै एमालले जिल्ला कमिटिलाई पुर्णता दिदैँ संघिय र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति संयोजक तोकेको छ भने नगर र वडामा पनि ईन्चार्ज र सह–ईन्चार्जको जिम्मेवारी तोकिएको उप–सचिव चन्दले बताए ।

हालसम्म हरेक पालिकामा एक सय बढी टोल कमिटि गठन भईसकेको उनको दावि छ । पार्टीको जन वर्गीय संगठनको अधिवेशन तथा परिचालनमा पनि जोड दिईएको उनको भनाई छ । ‘अधिवेशनपछि एमाले पुर्ण रुपमा चलायमा बनेको छ’ उप–सचिव चन्दले भने ‘एमालेलाई घरघर र जनमनमा पु¥याउँछौँ, स्थानीय निर्वाचन जित्ने गरि पार्टीका सबै नेताकार्य खटिएका छौँ ।’ एमाले सरकारले गरेका जनमुखी कार्यलाई चुनावमा जनता माझ लगेर जानेको उनको भनाई छ ।

पार्टी अध्यक्ष विष्टले अधिवेशनपछि संगठन निर्माणमा तिव्रता दिईएको बताए । उनका अनुसार पार्टीको जिल्ला कमिटिलाई जिम्मेवारी बाँडफाँड गरि सोही अनुरुप परिचालन गरिएको छ । पार्टीले विभाग, फाँट, महतत कमिटि र जनवर्गाीय संगठनको जिम्मेवारी नेताहरुलाई तोकिएको छ । स्थानीय निर्वाचन एमालेले सबै पालिका जित्ने रणनितिका पार्टी गतिविधिलाई सञ्चालन गरिएको उनले बताए ।

सोही अनुसार चुनाव तयारीका लागि एमालेमा अभिमुखीकरण कार्यक्रमसहित पहिलो पटक नेता कार्यकर्तालाई प्रशिक्षकको रुपमा वडामा पठाउन लागिएको छ । यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा चुनाव प्रचारका लागि सिधैं एमाले घरदैलोमा गएको थियो ।

एमाले अध्यक्ष विष्ट आफैं भीमदत्त नगरपालिकाको मेयरका उम्मेदवार थिए । एमालेका तत्कालिन सचिव उनी चुनावमा निर्वाचत भएका थिए । एमालेले २० वर्ष अघिको साखलाई उनले फेरि निरन्तरता दिएका थिए ।
एमालेमा विष्ट चुनावी रणनीति र संगठन परिचालनमा कुशल मानिन्छन् । एमालेको आठौं जिल्ला अधिवेशनमा निर्वाचित भएपछि शपथ ग्रहण कार्यक्रममा उनले एमालेलाई फेरि निर्वाचित गराउने प्रतिवद्धता गरेका थिए ।

त्यस अनुसार उनले पार्टी संगठन बलियो बनाउन सबै पालिकाका वडासम्म पुगेर संगठन निर्माणमा जोड दिएका थिए । एमालेमा विद्यार्थी राजनीतिदेखि आएका उनी चुनाव लडेर स्ववियु सभापतिदेखि जिल्ला अध्यक्षसम्म भएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्