महेन्द्रनगरमा लागु औषधसहित दुई युवक पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा लागु औषधसहित दुई जना युवक पक्राउ परेका छन् । शुक्रबार लागु औषध नियन्त्रण व्युरोको टोलीले महेन्द्रनगरको खुलामञ्चबाट लागु औषधसहित दुई युवकलाई पक्राउ गरिएको हो ।


लागु औषध नियन्त्रण व्युरोका प्रहरी हवल्दार पदम सिंह विष्टका अनुसार भीमदत्त–४ बसपार्क बस्ने लोकेन्द्र राना मगर र भीनपा–४ गोबरैया बस्ने रवि सिंह रावललाई पक्राउ गरिएको छ । उनिहरुको साथबाट फेनारगन ४३ एम्पुल, ब्रोफिन ४२ एम्फुल र डाईजेपाम ६ एम्पुल लागु औषध बरामद गरिएको छ । थप अनुसन्धानका लागि उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको व्युरोले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्