भीमदत्तमा थारु महिलालाई लेहेंगा र चोली बनाउने तालिम, मेसिन पनि हस्तान्तरण

महेन्द्रनगर । रानाथारु समुदायको परम्परागत पोशाक सिलाउने तालिम बुधबार सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा थारु युवा युवतीहरुका लागि सीप विकास तालिम अन्तरगत लेहेंगा र चोली बनाउने तालिम समापन भएको हो ।
भीमदत्त नगरपालिकाले रानाथारुको बसोबास रहेका वडाका एक\एक जना महिलालाई गरि १५ जनालाई माघ १६ देखि उक्त तालिमको सुरुवात गरेको हो । तालिमसंगै सहभागीहरुलाई कपडा सिलाउने मेशिन, कैंची र फिता लगायतका औजार समेत वितरण गरिएको छ ।


नगरपालिकाले राना थारु युवा युवतीलाई पहिलो पटक उक्त तालिम प्रदान गरेको हो । परम्परागत पोशाक हराउदै गएपछि संरक्षण र व्यवसायिकरणका लागि तालिमको आयोजना गरिएको हो । ‘हाम्रो परम्परा लोप हुन लागेको थियो, लेहेंगा र चोली सिलाउन हामीलाई आउदैनथ्यो,’ रानाथारु युवती सीमा चौधरीले भनिन्, ‘यो तालिमले एकातर्फ हाम्रो संस्कृति जोगाउछ, अर्काेतर्फ व्यवसायमा समेत प्रेरित गर्छ ।’


तालिमको समापन समारोहमा नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकाले रानाथारु समुदायलाई व्यवासायिक बनाउन तालिम दिईएको बताए । उनका अनुसार नगरपालिकाले विपन्न तथा लक्षीत समुहका नागरिकलाई आय आर्जन र उत्पादनसँग जोड्न सीपमुलक तालिम दिदैँ आएको छ । यसअघि नगरपालिकाले न्यानो झोला बनाउने, डिजिटल मार्केटिङ लगायतका तालिम प्रदान गरेको छ । ‘युवाहरुलाई स्वरोजगार बनाउन हामीले विभिन्न योजना ल्याएका छौं,’ उनले भने, ‘विभिन्न किसिमका तालिमहरु पनि सञ्चालन भएका छन्, यसले धेरैलाई फाइदा पनि पु¥याएको छ ।’


नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि जोशीले तालिमको सदुपयोग गरे मात्रै सबैलाई फाइदा पुग्ने बताए । तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न सके मात्रै संस्कृति संरक्षण संगै व्यवासयमा फाइदा पुग्ने उनको भनाई छ ।
समापन कार्यक्रमा कार्यबाहक अध्यक्ष , कार्यपालिका सदस्य कमला देवकोटा लगायत स्थानीयको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्