एमालेको कृष्णपुर कमिटिले थाल्यो वडा स्तरबाटै योजना छनौट

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको कृष्णपुर नगर कमिटिले चुनाव केन्द्रीत कार्यक्रमलाई तिव्रताका साथ अघि बढाएको छ । कमिटिले स्थानीय निर्वाचनलाई लक्षीत गर्दै मंगलबारबाट वडाबाटै योजना छनौटको काम सुरु गरेको हो ।


नगर कमिटिको निर्णय अनुसार वडास्तरबाट योजना छनौटको काम सुरु गरिएको अध्यक्ष गणेश सिंह ऐरीले बताए । उनका अनुसार बुधबार वडा नम्बर २, ३, ५,६ र ९ नम्बर वडामा वडा कमिटिको बैठकले योजना छनौट गरेको हो । पार्टीले घरदैलो कार्यक्रम गर्दै स्थानीयको सुझावसहित योजना छनौट गरिरहेको छ । यस अघि वडा नम्बर १ मा कार्यक्रम सम्पन्न गरिसकेको एमालेले चैत १७ सम्ममा वडास्तरिय योजना छनौटको काम सक्ने लक्ष्य दिएको छ ।


कृष्णपुरमा एमाले नेता गोविन्द कलौनी, जयराज पाण्डेय र लक्ष्मी बुढा नेतृत्वको टोली घरदैलो अभियानमा परिचालित रहेको छ । पार्टीले गरेका जनपक्षीत कामहरु जनतामाझ लग्ने र एमालेलाई स्थानीय निर्वाचन जिताउने तयारीका साथ काम गरिररहेको नगर कमिटि अध्यक्ष ऐरीको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्