समाजवादीमा प्रवेश गरेका मेयर चन्द भन्छन्: ‘गठबन्धन बिना पनि चुनाव जित्न सक्षम छौँ’

महेन्द्रनगर । नेकपा एमाले परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेका कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले पार्टी स्थानीय निर्वाचन जित्न सक्षम रहेको बताएका छन् ।
आईतबार समाजवादी समाहित हुदैँ चन्दले स्थानीय निर्वाचनमा गठबन्धन बिना पनि चुनाव जित्न पार्टी सक्षम रहेको बताएका हुन् । वेदकोटमा आफुहरु बलियो रहेको बताउँदै ‘स्थानीय निर्वाचनमा गठबन्धनको निर्णय स्वीकार गरेका अघि बढ्छौँ, गठबन्धन नभए पनि पार्टी वेदकोट चुनाव जित्न सक्षम छौँ, हामी चुनाव जित्ने गरि लाग्छौँ’ उनले भने । वेदकोटमा एमालेका संस्थापन नेताहरु सबै समाजवादीमा प्रवेश गरेकाले आफुले चुनाव जित्ने उनको दावि छ ।
वेदकोटमा ५ वडाध्यक्षसहितका जनप्रतिनिधिले समाजवादीमा प्रवेश गरेका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट मेयर जितेका चन्दले कांग्रेसका उम्मेदवार भोजराज बोहरालाई पराजित गरेका थिए ।
साथै उनले पार्टीमा एकलौटी भएको र अधिवेशनमा पराजित भएको आफ्नो पक्षलाई अपहेलित गरेको समेत आरोप लगाए । नवौँ जिल्ला अधिवेशनमा सचिवमा पराजित भएका चन्दले आफ्नो प्यानलका नेताहरुलाई पार्टीले भुमिका बिहिन बनाएको दावि गरे । एमालेका कञ्चनपुर ईन्चार्ज र सह ईन्चार्जहरुले आफुलाई पार्टीबाट लखेटेको उनको आरोप छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्