भीमदत्तमा चैत २५ देखि टाईफाईट विरुद्धको खोप अभियान सुरु हुने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आउँदो चैत २५ देखि टाईफाईट विरुद्धको खोप अभियान सुरु हुने भएको छ । आईतबार नगरपालिकाले टाईफाईट रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईट खोपको सुरुवात सम्बन्धी पालिकास्तरीय एक दिने अभिमुखिकरण कार्यक्रम गदैँ उक्त जानकारी गराएको हो ।
भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले १५ वर्षमुनिकालाई टाईफाईट विरुद्धको खोप लगाईने बताए । उनका अनुसार खोप अभियान हरेक विद्यालयमा सुरु गरिनेछ ।
भीमदत्तमा ३९ हजार सात सय २५ जनालाई खोप लगाईने योजना छ । जसमा विद्यालयमा रहेका ३३ हजार नौ सय ८५ र विद्यालय बाहिर रहेका पाँच हजार सात सय ४० जना रहेका छन् ।
नगरपालिकाले सबैलाई अनिवार्य रुपमा खोप लगाउन अपिल गरेको छ । एक हप्तासम्म चल्ने खोप अभियानलाई वडामा रहेका आधारभुत स्वास्थ्य केन्द्रहरुमा पनि सञ्चालन गरिनेछ खोपबाट निको हुने रोगलाई शुन्यमा झार्ने अभियानको लक्ष्य रहेको शाखा प्रमुख जोशीको भनाई छ ।
भीमदत्त नगरपालिकाका उप–प्रमुख सुशिला चन्दको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागीता रहेको थियो । उप–प्रमुख चन्दले सबैले खोप अभियानमा सहगागी हुुन आग्रह गरिन् । स्थानीय निर्वाचन नजिकिदैँ गएकाले सोहीसँगै यस अभियानलाई स्थानीयमाझ प्रचारप्रसार गर्न सके थप प्रभावकारी हुने उनको सुझाव छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्