भीमदत्तद्धारा १४ जना पुरस्कृत, कर्मचारी पनि सम्मानित

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ४४ औँ वर्ष प्रवेश तथा तेस्रो स्थापना दिवसको अवसरमा घोषणा गरिएका पुरस्कार हस्तान्तरण गरेको छ । आईतबार एक कार्यक्रमका बिचनगर प्रमुख सुरेन्द्र विष्टले पुर्व घोषित पुरस्कार हस्तान्तरण गरे । नगरपालिकाले १४ विधामा पुरस्कार घोषणा गरेको थियो ।
शहित भीमदत्त पन्त किसान पुरस्कार–नाथुराम राना, शहिद दशरथ चन्द लोकतन्त्र पुरस्कार– स्व.दत्तराम भट्ट, शहिद गोविन्द गौतम सीमा सुरक्षा पुरस्कार– कृष्णदेव पन्त, पहलमान सिंह स्वर साहित्य पुरस्कार स्व.आत्माराम ओझा, बाकाविर खेलकुद पुरस्कार राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षक जगदिश प्रशाद भट्टलाई दिईको छ ।
त्यस्तै जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरस्कार–भगवती थापा, राम बहादुर चन्द पत्रकारिता पुरस्कार कर्णदेव भट्ट, द्धारिका देवि ठकुरानी शिक्षा पुरस्कार देवीदक्त भट्ट, विज्ञान प्रविधि पुरस्कार प्रा.डा. भवानी दत्त जोशी, असहाय सेवा सहयोग पुरस्कार महेश्वरी भट्ट, वन वातावरण संरक्षण पुरस्कार जनकराज जोशीलाई प्रदान गरिएको छ । भने प्रेम सिंह धामी प्राकृतिक संम्पदा संरक्षण पुरस्कार सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष लक्ष्मी साउँद, एन.डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार प्रदिप सिंह ऐरी र उत्कृष्ट करदाता पुरस्कार दिपिका चटौतलाई प्रदान गरिएको छ ।
त्यस्तै नगरपालिकाले पालिकाका २४ जना उत्कृष्ट कर्मचारी र पुर्व कर्मचारीलाई पनि पदकसहित सम्मान गरेको छ । साथै नगरपालिकाले वडा कार्यालय, सडक र अन्य आयोजना निर्माणका लागि जग्गा दान गर्नेलाई पनि सम्मान गरेका छ भने भीमदत्तका वित्तिय विज्ञ दामोदर सुवेदी र मित्र विल्डर्स निर्माण सेवालाई पनि सम्मान गरेको छ ।
स्थानीय सरकारको नेतृत्वपछि भीमदत्त नगरपालिकाले स्थापना दिवस मनाउन सुरु गरेको हो ।
भीमदत्त नगरपालिकाकाले माघ ७ गते स्थापना दिवसको अवसरमा विभिन्न विधामा दिदैँ आएको पुरस्कार तथा सम्मानित हुने व्यत्तित्वहरुको नामावली पनि सार्वजनिक गरेको थियो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सरेन्द्र विष्टले ईतिहास नै पहिचान भएकाले नगरपालिकाले स्थापना दिवसलाई विशेष प्राथमिकताका साथ मनाउदैँ आएको बताए । उनले नगरपालिकाले वर्षौपछि स्थापना दिवस दिवस मनाउन सुरु गरेको र नयाँ संस्कारको विकास गरेको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्