माओवादी केन्द्र परित्याग गरि दाेधरा चाँदनीका तीन नगर कमिटी सदस्यसहित १२ जना एमालेमा प्रवेश

धनगढी । एमालेकाे सुदूरपश्चिम प्रदेश स्तरीय स्थानीय तह निर्वाचन  चुनावी प्रचार रणनीतिक भेला धनगढीमा शुरू भएकाे छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीकाे आयाेजना तथा प्रेस चाैतारी नेपालकाे संयाेजनमा धनगढीकाे रिद्वीसिद्वी पार्टी प्यालेसमा रणनीतिक भेला शुरू भएकाे हाे । 
भेलामा माओवादी केन्द्र परित्याग गरि दाेधरा चाँदनीबाट तीन नगर कमिटी सदस्यसहित १२ जना एमालेमा प्रवेश गरेका छन् ।
नगर कमिटी सदस्य दामाेदर प्रसाद भट्ट, अर्जुन गिरी, जनक थापा, वडा कमिटीका लाेकराज अवस्थी, महेन्द्र प्रसाद भट्ट, गगन महरलगायतका १२ जना एमालेमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङ, केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामाेदर भण्डारी, प्रेस चाैतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरुले पार्टीमा स्वागत गरे । माओवादी विचरा, सिद्धान्तबाट विचलित भईसकेकाे र एमालेले सुखि नेपाली, समृद्ध नेपालकाे अभियानलाई साकार बनाउने भन्दै उनिहरुले पार्टी प्रवेश गरेकाे बताएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्