बेलडाँडीमा एमालेको चुनावी कार्यक्रम तिव्र, सबै वडामा सम्पर्क कार्यालय खुल्दैँ

महेन्द्रनगर । नेकपा एमालले बेलडाँडीले चुनाव केन्द्रीत अभियानलाई तिव्र रुपमा अघि बढाएको छ । पार्टीले पालिकाका सबै वडामा सम्पर्क कार्यालय स्थापना गरि कार्यकर्तालाई परिचालन गरेको छ । सोमबार वडा नम्बर ४ मा पार्टीको कार्यालय स्थापना गरिएको नेकपा एमाले कञ्चनपुरका सचिवालय सदस्य अक्कल विष्टले जानकारी दिए ।
उनका अनुसार यस अघि वडा नम्बर २ र ५ मा कार्यालय स्थापाना गरिएकोमा अन्य वडामा तयारी भईरहेको छ । बेलडाँडी एमालेले पार्टी जिल्ला कमिटिको निर्देशन अनुसार परिचालन भएको छ । सम्पर्क कार्यालयमार्फत पार्टी गतिविधि र कार्यकर्ताको परिचालन हुनेछ ।

‘हामी पुर्ण रुपमा स्थानीय निर्वाचन केन्द्रीत भएर लागेका छौँ ।’ सचिवालय सदस्य विष्टले भने ‘गठबन्धन भए पनि एमालेले त्यसलाई परास्त गर्छ, बेलडाँडी एमालेको जित सुनिश्चत छ ।’ साथै सबैलाई स्थानीय निर्वाचन केन्द्रीत हुन पनि उनले अपील गरे । पार्टीले घरदैलो भेटघाट, प्रशिक्षण, प्रचारप्रसारको काम काममा जोड दिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्