भीमदत्तमा गठबन्धन नगर्ने कांग्रेस नगर कमिटिको निर्णय

नगर सभापती कलौनी भन्छन् ‘निर्णय नमाने पार्टी भित्रै विद्रोह गछौँ, कांग्रेसलाई भविष्यमा कमजोर पार्न दिनौँ’

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको नगर कमिटिको पुर्ण बैठकले स्थानीय निर्वाचनमा भीमदत्तमा गठबन्धन नगर्ने निर्णय गरेको हो ।

नगर सभापती अच्युतराज कलौनीले भीमदत्तमा कांग्रेस एक्लै बलियो भएकोले चुनावी गठबन्धन नगर्ने निर्णय भएको बताए । कञ्चनपुरमा सोमबार मात्रै गठबन्धनले सबै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । तर नगर कमिटिले यस्तो निर्णय गरेपछि कांग्रेस र गठबन्धनमा संसय पैदा भएको छ ।
‘भीमदत्तमा कांग्रेस आफैमा बलियो छ, एक्लै चुनाव सक्षम छौँ ।’ सभापती कलौनीले भने ‘गठबन्धन गर्दा कांग्रसीजनमाथि घात हुन्छ, पार्टीलाई दिर्घकालमा कमजोर बनाउन दिदैनौँ ।’
नगर कमिटिको निर्णय नमाने पार्टी भित्रै विद्रोह गर्ने समेत उनले चेतावनी समेत दिए । नगर कमिटिको निर्णय पार्टीले मान्नेमा हामी सय प्रतिशत ढुक्क छौँ ।’ उनले भने ‘गठबन्धनमा कांग्रेसले प्रमुख पाउने सहमती भएपनि हामी त्यो निर्णय मान्दैँनौ, कांग्रेस बाहेक बाहिर भोट हाल्दैनौ ।’ स्थानीय निर्वाचत आउँदो बैशाख ३० गते तय भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्