मानवीय सहायता साझेदारी प्रर्वद्धन मञ्चलाई प्रभावकारी बनाउन जोड

महेन्द्रनगर । कञ्चनपुरमा मानवीय सहायता सहायता साझेदारी प्रर्वद्धन मञ्चलाई प्रभावकारी बनाउन जोड दिईएको छ । मंगलबार महेन्द्रनगरमा आयोजित मानवीय सहायता साझेदारी प्रर्वद्धन मञ्च सम्बन्धी समन्वयात्मक छलफल गोष्ठीका सहभागीले यस्तो जोड दिएका हुन् ।
केएर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य तथा पुर्नलाभ परियोजनाको सहयोगमा कार्यक्रममा जिल्लास्तरीय मानवीय सहायता साझेदारी प्रर्वद्धन मञ्च समन्धी समन्वयात्मक गोष्ठी आयोजना गरिएको थियो ।
निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्टको अध्यक्षता बसेको गोष्ठीमा परियोजना संयोजक केशव कुमार मलाशीले सहजीकरण तथा प्रस्तुतीकरण दिएका थिए ।


उनले निड्स नेपालको संयोजकत्व तथा संयोजनमा कञ्चनपुर जिल्ला भित्र मानवीय सहायताका क्षेत्रमा समन्वय गर्ने गैर सरकारी तथा सामाजिक संघ सस्थाहरु, विपदका क्षेत्रमा कार्यरत सस्थाहरु लगायत किशोरी सजाल तथा मानव अधिकार, नागरिक समाज तथा पत्रकारहरुको सहभागिता गोष्ठी आयोजना गरिएको बताए ।
संयोजक मलाशीका अनुसार मानवीय सहयोग साझेदारी पर्वद्धन मञ्चले केयर नेपाल र स्थानिय साझेदार निड्स नेपालसँगै मानवीय सहायताका क्षेत्रमा क्रियाशिल संघ सस्थाहरुसँग सहकार्य गरी प्रभावकारी रुपमा विपद, आपतकालिन तथा मानवीय प्रतिकार्य योजना बनाईने छ ।


त्यसका लागि आपसि सहकार्य तथा समन्वय, क्षमता विकास, सामुहिक कार्य र साझेदारीको माध्यमबाट आपतकालिन अवस्थामा लैगिंकताको सम्बोधनबारे सरोकारवालाहरुको ध्यान केन्द्रित गरिने छ ।
मानवीय सहायताका कार्यलाई थप सुढृढ गर्ने म मञ्चको लक्ष्य रहेको उनको भनाई छ । मानवीय सहायताका क्षेत्रका संघ सस्थाहरुको सहकार्य, समन्वयलाई जोडसँगै विपद पुर्वतयारी तथा आपतकालिन प्रर्तिकार्य क्रियाकलाप कार्यान्वयनमा सरोकारवाला निकायहरुको सक्रिय तथा प्रभावकारी सहभागितालाई अभिवृद्धि गर्ने उदेश्यका मञ्चको परिकल्पना गरिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए ।
आपतकालीन पूर्वतयारी, योजना तर्जुमा र कार्यान्वयनका लागि नागरीक समाजमा आधारीत स्थानीय साझेदारहरूसँग अझ सहकार्य गर्दे मानवीय सहयोगका लागि समन्वयात्मक र प्रभावकारी बनाईनेछ ।
मानवीय सहायतालाई स्थानीयकरण गर्न र सामुदायीक जवाफदेहीताको अभिवृद्धी गर्नका लागि मञ्च स्थानिय स्तरसम्म अगाडि बढाउनुपर्ने सहभागीहरुको जोड रहेको छ ।
कार्यक्रममा सहभागीका तर्फबाट नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर जिल्ला शाखा, एनएनएसडब्लुए, उद्योेग वाणिज्य संघ कञ्चनपुर, नेपाल पत्रकार महासंघ, सहकारी संस्था, महिला मानवअधिकारकर्मीहरु, नागरिक समाज, स्वीट नेपाल, ईन्सेक, नगर स्तरीय किशोरी सञ्जाल लगायतका सामाजिक क्षेत्रमा आबद्ध सँघ सस्थाहरुको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्