अवरोध हटाएर मझगाउँ विमानस्थलको काम अघि बढाउने समझदारी

महेन्द्रनगर । कञ्चनपुरको मझगाँउ विमानस्थल पुन सञ्चालनमा देखिको अवरोध हटाउन सरोकारवाला तयार भएका छन् । मंगलबार भीमदत्त नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले विमानस्थलको अवरोध हटाएर काम अघि बढाउने समझदारी जुटेको हो ।
नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सरकार, राष्ट्रिय निकुञ्ज, नेपाली सेना, मध्यवर्ती क्षेत्र, सञ्चालन सहयोग समिति, सुरक्षा निकाय लगायत प्रमुख राजनितिक दलका प्रमुख एंव्म प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
बैठकमा अवरोध हटाएर काम अघि बढाउने समझदारी जुटेको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । उनका अनुसार विमानस्थल आयोजना र निकुञ्ज कार्यालयबिच समन्वय गरि काम अघि बढाउने र दिर्घकालिन समाधानका लागि केन्द्र सरकारलाई पहल गर्ने समझादारी जुटेको हो । ‘विमानस्थलको सञ्चालन सबैको साझा उद्देश्य हो ।’ नगर प्रमुख विष्टले भने ‘आयोजना सञ्चालनका क्रम देखिएको समन्वय अभावलाई चिदैँ आवश्यक प्रक्रियासहित काम अघि बढाउन सरोकारवाला निकाय तयार भएका छन् ।’
बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा राज्यमन्त्री मान बहादुर सुनार भने ‘विकासमा अवरोध राम्रो कुरा होईन्, सर्वपक्षीय प्रतिवद्धता अनुसार आयोजनाको काममा सहयोग गर्नुपर्छ ।’ उनले भने अगाडी थपे ‘रत्न बाटिका विमानस्थल कै जग्गा हो, त्यसको संरक्षण लागि लगाईएका रुख काट्न निकुञ्ज कार्यालयसँग समन्वय गरेर काम अघि बढाउनु पर्छ ।’
राज्यमन्त्री सुनारको नेतृत्वमा विमानस्थल सञ्चालनबारे रहेका अवरोध पुर्ण रुपमा हटाउन अतिक्रमित जमिन फिर्ताका लागि संघिय सरकारलाई डिलिकेसन बुझाउने पनि सहमती जुटेका छ ।
सुदूरपश्चिम प्रदेशका पुर्व राज्यमन्त्री प्रकास रावलले त्रिपक्षी लगानी र सर्वपक्षीय सहमतीमा विमानस्थल पुनः सञ्चालनको काम अघि बढेको बताउँदै उनले भने ‘यस क्षेत्रको समृद्धीसँग जोडिएको आयोजनाको काम अघि बढ्नुपर्छ, योजना कार्यान्वयमा देखिएका अवरोध हटाउन सबै लागौ ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोर मेहताले रत्न बाटिकामा समन्वय बिना एकाएक डोजर चलेपछि निर्माण कार्य रोकिएको बताए । त्यहाँ रहेका रुख कटानीका लागि आदेश लिएर कानुनी पक्रिया पु¥याउन कार्यालयसँग समन्वय गर्नुपर्ने उनको भनाई छ । साथै उनले विमानस्थल निर्माणमा निकुञ्ज कार्यालयको बाधा पु¥याउने मनसाय नभएको समेत स्पष्ट पारे ।
संघिय सांसद निरुदेवी पालले ठुलो मेहनत र पहलबाट विमानस्थल पुन सञ्चालनको काम अघि बढेको स्मरण गदैँ बाधा अवरोध हटाएर काम अघि बढाउनु पर्ने बताईन् । उनले विमानस्थलको कामलाई समझदारीमा अघि बढाउने र कानुनी अडचन हटाउन सबैले पहल गर्नु पर्ने बताईन् । साथै आफु विमानस्थल आयोजनाको कामका अघि बढाउन प्रतिवद्ध रहेको बताईन् ।
बैठकमा नेकपा एमालेका नेता जनकराज जोशी, कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्ट, समाजवादीका नेता महेशराज जोशीलगायतले विमानस्थल निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने बताउँदै पार्टीकोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
निर्माण कम्पनीले विमानस्थलको क्षेत्रभित्रै पर्ने रत्न बाटिका क्षेत्रमा सरसफाइ गर्न खोज्दा निकुञ्जले उपकरणसहित कामदारलाई नियन्त्रणमा लिएपछि अवरोध सिर्जना भएको थियो ।
बैठकमा मजदुरलाई नियन्त्रण लिएको विषयमा भने सहभागीले चर्को असन्तुष्टी व्यक्त गरेका थिए । उनिहरुले कानुनी अडचन भए आयोजनासँग छलफल गर्नुपर्ने बताउदैँ मजदुर नियन्त्रणमा लिएको विषयमा आपत्ति जनाएका हुन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले कानुनी बाध्यतालाई फुकाएर आयोजनाको काम अघि बढाउन जोड दिए । विमानस्थलमा पहिलो चरणको काम १५२५ मिटरको रनवे बनाउने योजना छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्