राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको नयाँ कार्य समिति चयन


महेन्द्रनगर । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १२ औँ अधिवेशन सम्पन्न भएको छ । बुधबार अधिवेशन उद्धघाटन भएको लामो समयपछि संगठनको सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएको हो ।
संगठनको अध्यक्षमा भानु मावि लालझाडीका शिक्षक वेदप्रशाद उपाध्याय चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा महाकाली माध्यमिक विद्यालय कृष्णपुरका शिक्षक कृष्णदत्त भट्ट र महिला उपाध्यक्षमा शान्ति निकेतनकी शिक्षिका भुवनेश्वरी थापा रावल निर्वाचित भएकी छिन् । सचिवमा शान्ति आधारभुत विद्यालयमा शिक्षक उत्तमसिंह विष्ट चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा धनञ्जय जोशी, सह–सचिवमा कुमारी सत्या रोकाया, सह–कोषाध्यक्षमा सुमित्रा थापालाई चयन गरिएको छ ।


त्यस्तै लेखा समितिको संयोजकमा राजेन्द्र केसी र सदस्यमा नन्दलाल चौधरी र लोकेन्द्र सिंह साउँद चयन भएका छन् ।
शिक्षक संगठनको अधिवेशन चैत ११ गते सुरु भएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्