महाकाली साहित्य सङ्गमले मनायो भेटाैलाे चैतालो कार्यक्रम

महेन्द्रनगर । महाकाली साहित्य सङ्गमले भेटाैलाे चैतालो कार्यक्रम मनाएकाे छ । सुदूरपश्चिममा चैतमा बिवाहित छाेरिलाई भेट्ने प्रचलनकाे रुपमा रहेकाे भेटाैला कार्यक्रम महेन्द्रनगरमा मनाईएकाे हाे ।
सङ्गमले भीमदत्त नगरपालिकासँगकाे साझेदारीमा संस्कृति संरक्षण र जगृेना गर्न उत्त कार्यक्रम गरेकाे सङ्गमका केन्द्रीय सचिव उत्तम विष्टले जानकारी दिए। उनका अनुसार कार्यक्रम नाै वटा विभिन्न सामुदायका दिदिबहिनीहरुलाई भेटाैलाे कार्यक्रम काेसेलि प्रदान गरिएको छ । साथै कार्यक्रम चैतलाे, छलिया नृत्य लगायत प्रस्तुति गरिएको थियाे। सङ्गमले माैलिक संस्कृतिकाे संरक्षणमा लागि विभिन्न कार्यक्रम गर्दै आइरहेकाे छ ।
भडा रितुरानो बसन्त स्रवण, छलिया नाच, का साथै नववर्ष र विशुपर्व को शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
सङ्गम का अध्यक्ष हरीश प्रसाद जोशी को अध्यक्षता भएको कार्यक्रमकाे सन्चालन सङ्गम का सचिव उतम विष्ट गरेका थिए । कार्यक्रममा सुदूरपश्चिमका वरिष्ठ कलाकार प्रमुख अतिथि मोहन औजी रहेका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्