स्थानीय निर्वाचनः जनताको घरदैलो कञ्चनपुर एमाले

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले सथानीय निर्वाचनलाई लक्षीत गरि घरदैलो अभियान सुरु गरेको छ । एमालेले भीमदत्त–१८ मा आईतबार निर्वाचन लक्षीत घरदैलो कार्यक्रम गरेको हो ।
नेकपा एमालेका जिल्ला कमिटि सदस्य रविन्द्र देवकोटाले चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रम गरिएको बताए । उनका अनुसार भीनपा–१८ का विभिन्न टोलमा घरदैलो कार्यक्रम गरिएको हो ।
‘स्थानीय निर्वाचन नजिकै आईसक्यो ।’ सदस्य देवकोटाले भने ‘पार्टीलाई स्थानीय निर्वाचनमा जिताउने उद्देश्यकासाथ लागेका छौँ, भीनपा–१८ एमालेको विरासत कायम रहन्छ ।’ घरदैलो कार्यक्रम एमालेप्रति जनताको उत्साह र विश्वास झनै बढेको उनको भनाई छ ।

घरदैलो कार्यक्रममा जिल्ला कमिटि सदस्य विष्णु कणेँल, वडा कमिटि अध्यक्ष प्रशान्त भट्ट लगायत अन्य नेता कार्यकर्ताको सहभागीता रहेको थियो । पार्टीले जिल्लाका सबै स्थानीय तहमा चुनावी प्रचारप्रसार अभियानलाई तिव्रताका साथ अघि बढाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्