टिकटक लाईभ होस्टर बर्माद्धारा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग


महेन्द्रनगर । पछिल्लो समय टिकटकमा चर्चित अंशु वर्माले निरन्तर सामाजिक कार्यमा सक्रिय छन् । जहाँ दिन दुखी र त्यहाँ हाम्रो टिम भन्ने नाराका साथ बर्मा सामाजिक कार्यमा लागि परेका छन् । सोही अभियान अन्र्तगत टिकटक लाईभ होस्टर बर्माले शुक्रबार कैलालीको धनगढी उप महानगरपालिकास्थित दृष्टि फाउन्डेसनलाई सहयोग गरेका हुन् ।


उनले टिकटक लाईभमार्फत भएको आम्दानीबाट दृष्टि फाउन्डेसनलाई सहयोग गरेको बताएका छन् । उनले दृष्टि फाउन्डेसनलाई दुई सय केजी चामल, ५० केजी आलु, २० केजी दाल, ६० प्याकेट मिठाई र तीन पेटी चाउचाउ लगायतका खाद्य सामाग्री सहयोग गरेको बताए ।
आफ्नो आम्दानीबाट असहायलाई सहयोग गर्ने उद्देश्यका साथ खाद्यान्न सहयोग गरिएको बर्माले बताए ।
बेला–बेलामा विभिन्न सामाजिक कार्यमा गदैँ आएका बर्माले यसअघि सेफ हाउस, अनाथालय, वृद्ध सेवा केन्द्र र बाढी पिडितलाई पनि सहयोग गरेको थिए ।

‘आर्थिक अवस्था कमजोर भएका, समस्यामा परेकोलाई निरन्तर रुपमा सहयोग गदैँ आएको छौँ ।’ उनले असहायलाई सहयोग गर्दा उहाँको दैनिकी सहज हुन सक्छ, सबैले सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ ।’
सहयोग कार्यक्रममा बाशुदेव भट्ट, नविन भट्ट, सञ्जु बर्मा, अंकुश गुप्ता, महेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो ।

दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले दृष्टि फाउन्डेसनलाई सहयोग गरेकोमा धन्यवाद दिईन् । उनले दाताका भरमा चलिरहेको दृष्टि फाउन्डेसनलाई गरिएको खाद्यान्न सहयोगले ठुलो राहत मिल्ने बताईन् । साथै उनले अन्य दातालाई पनि सहयोगका लागि आग्रह पनि गरिन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्