लेकमको अध्यक्षमा कांग्रेसबाट बलियो दावेदार ईन्द्र साउँद

महेन्द्रनगर । स्थानीय निर्वाचनको मिति नजिकिदैँ जाँदा राजनितिक दलहरु उम्मेदवार छनौटमा व्यस्त छन् । स्थानीय तह प्रमुख\उप–प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष लगायत सदस्यका आकांक्षीहरुले दावि प्रस्तुत गरिरहेका छन् ।
दार्चुलाको लेकम गाँउपालिकाको अध्यक्षका लागि स्थानीय ईन्द्र साउद पनि दावेदार देखिएका छन । नेपाली कांग्रेसबाट उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
विशेष गरि विद्यार्थी राजनितिमा सक्रिय रहेका युवा नेता साउदले पालिकाको अधयक्षको लागि आफ्नो बलियो दावी रहेको बताए । उनले पालिकाको विकास र समृद्धीको योजनासहित चुनावी अभियानको जुटेको बताए ।
दार्चुलाको लेकम–१ सर्मोलीमा जन्मीएको साउद गाउँमा नेपाली कांग्रेसलाई स्थापीत गराउने परिवारका सदस्य पनि हुन् । २०६५ सालमा महेन्द्रनगरको फरवेष्ट स्कुल अफ मेडिसिनमा अध्ययनका क्रममा उनले त्यहाँ नेवि संघ गठन गरि संस्थापक अध्यक्षको रुपमा काम गरेर संगठनलाई विस्तार गरे । स्कुलको राजनिति हुदैँ नेता साउद नेवि संघ कञ्चनपुरको जिल्ला राजनीतिमा लागे ।
२०६७ सालपछि उनि नेवि संघ कञ्चनपुरको जिल्ला कार्य समितिमा दुई कार्यकाल सदस्य का रुपमा काम सकेका छन् । त्यस्तै उनिसँग नेवि संघको जिल्ला उपाध्यक्षको रुपमा काम गरेको अुनभव पनि छ । हाल विपी कोईराला युवा नेतृत्व विकास मञ्चको संयोजकको रुपमा रहेका नेता साउद विभिन्न सामाजिक र संगठनात्मक कार्यमा सक्रिय रहेका छन् ।
‘पालिकाले युवा नेतृत्व नपाउँदा जनताको अपेक्षा र रुपान्तरणकारी विकास हुन सकिरहेको छैन् ।’ अध्यक्ष पदका दावेदार रहेका साउँदले भने ‘समयक्रम अुनसार विकास गति र सिस्टम परिर्वतनका लागि मेरो उम्मेदवारी रहन्छ, पार्टीले विश्वास गरे म त्यसका लागि तयार छु ।’
नेता साउँदले कोरोना संक्रमण कारण गरिएको लकडाउनमा फसेका विद्यार्थीलाई सम्बन्धित पालिकासँगको समन्वयमा निशुल्क रुपमा घर पठाउने व्यवस्था मिलाएका थिए ।
त्यस्तै सीमा नाका गड्चौकीमा पनि उनको नेतृत्वमा स्वदेश फर्किने नागरिकलाई सहयोग गरिएको छ । भने लेकम गाउँपालिकालाई पनि विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो ।
पालिकाको विकास, रोजगारीको अवसर सिर्जना, समाजिक र अािर्थक रुपान्तरणका लागि आफुले अध्यक्षको उम्मेदवारी घोषणा गरेको उनको भनाई छ । पार्टी नेतृत्वमा युवा पुस्तान्तरण चाहाने नेता साउद नेपाली कांग्रेसको १४ औँ महाधिवेषन केन्द्रीय प्रतिनिधिका दावेदार पनि थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्