एमाले परित्याग गरेका मेयर चन्द समाजवादीको जिल्ला उपाध्यक्षमा मनोनित


महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी(एमाले) परित्याग गरि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेको वेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्द जिल्ला उपाध्यक्षमा मनोनित भएका छन् । चैत २८ गते बसेको एकीकृत समाजवादीको जिल्ला कमिटी बैठकले जिल्ला उपाध्यक्षमा मेयर चन्दलाई मनोनित गरेको हो ।
समाजवादीका उपाध्यक्ष रविन्द्र कुवँर एमालेमै फर्किएपछि उपाध्यक्ष पद रित्त थियो । उक्त पदमा मेयर चन्दलाई मनोनित गरिएको पार्टीले जनाएको छ । चन्दलाई उपाध्यक्षमा मनोनित गरिएको खबर समाजवादीका नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनलाई गत चैत २० गते माधव कुमार नेपालले पार्टी प्रवेश गराएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्