भीमदत्तमा एकिकृत कृषी बजार निर्माण गरिदैँ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषी उपजको बजारीकरणका लागि एकिकृत कृषी बजार निर्माण गरिरहेको नगरपालिकाले कृषी व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरसँगको सहयोगमा बजारका लागि आवश्यक संरचना निर्माण गरिरहेको हो ।
नगरपालिकाका ईन्जिनियर जयराज भट्टले एकिकृत कृषी बजारका लागि एक सय ५० सटर निर्माणाधिन अवस्थामा रहेको बताए । उनका अनुसार नगरपालिकाले एक सय सटर कृषी व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरसँगको सहकार्य र अन्य पालिकाकै आफ्नै श्रोतबाट निर्माण भईरहेको हो ।
भीमदत्त–४ मा खुल्ला मञ्च नजिकै निर्माण भईरहेको एकिकृत कृषी बजारको संरचना निर्माणका लागि दुई योजनाको छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको छ ।
५० सटरका लागि एमडी कष्ट्रसनसँग एक करोड ५० लाखमा ठेक्का सम्झौता गरिएको छ । भने एक सय सटर निर्माणका लागि एमके÷निरज जे.भीसँगै तीन करोड ९६ लाखमा निर्माण सम्झौता गरिएको छ । दुवै योजनाको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको ईन्जिनियर भट्टको भनाई छ । योजनाको काम २०८० जेठमा सक्ने लक्ष्य लिईएको छ ।
नगरपालिकाले कृषी उपजको बजारकरणका लागि उक्त संरचना निर्माण गर्न लागेको हो । भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले कृषी उत्पादनको बजारीकरणका लागि संरचना निर्माण गरिन लागिएको बताए । उनका अनुसार संररचना निर्माण भएको सबै किसिमका कृषी उत्पादनलाई एकिकृत गरि बजार व्यवस्थापन गरिने छ । नगरपालिकाले कृषी उत्पादनलाई बढाउन एक वडा एक उत्पादन, पकेट क्षेत्र कार्याक्रम, कृषी अनुदान, सहकारी श्रेत्रसँग सहकार्य लगायतका कामहरु सञ्चालन गरिरहेको छ । त्यस्तै बजार निर्माण भएपछि यसबाट नगरपालिकाको आन्तरिक श्रोतमा पनि वृद्धी हुने नगरपालिकाले अपेक्षा लिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्