यि हुन् भीमदत्त समृद्धीका आधारहरु

महेन्द्रनगर । कञ्चनपुरको पुरानो र नेपालको पश्चिमी सीमा भारतसँग जोडिएको स्थानीय तह हो । भीमदत्त नगरपालिकाका । नेपालको संविधान २०७२ जारी भएपछि देशमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली लागु भयो । सोही अुनरुप २०७४ सालमा भीमदत्त नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पायो । जन निर्वाचित स्थानीय सरकारको नेतृत्व पाएपछि भीमदत्त नगरपालिकाले विकासको मुहार फर्ने थालेको छ । सुखी नेपाली, समृद्ध नेपालको मुलमन्त्रलाई आत्म साथ गदैँ नगरपालिकाले समृद्ध नगर गुरु योजनासहित कार्यान्वयको चरणमा अघि बढाईरहेको छ ।
नगरपालिकाले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाहरु निर्माण गरेको छ । जसले नगर विकासको दुरगामी महत्व टेवा पु¥याईरहेका छन् । भने समृद्ध भीमदत्त बनाउने आधारहरु पनि तयार भएका छन् । नगरपालिकाले गौरवका आयोजनासँगै आर्थिक तथा सामाजिक रुपान्तरणका लागि आवश्यक योजनालाई चरणवद्ध रुपमा अघि बढाएको छ । नगरपालिकाले पछिल्लो करिब पाँच वर्षमा गरेका केही काम प्रमुख काम मात्रै हेर्ने हो भने भीमदत्त समृद्धीका आधार तयार भएको र समृद्ध नगरको दिशामा अघिको स्पष्ट हुन्छ ।

१. जैविक मार्ग निर्माण र त्यस फेरेको जिवनशैली

भीमदत्त नगरपालिकाको वडा नं. १, ३, ७, ८, ९ , १०, को घाँडीघाँच क्षेत्र स्थानीय सरकारको नेतृत्व अघि निकै दर्गम मानिथ्यो । साइकल या हिँडेर जानु पर्ने बाध्यता थियो । तर जैविक धार्मिक पर्यटन मार्ग बनेपछि त्यो क्षेत्र अहिले सुगम बनेको छ । नगरपालिकाले आफ्नै स्रोत र साधनबाट छोटो समयमा निर्माण गरेको जैविक मार्गले नगरपालिकाका उत्तरि क्षेत्रका बासिन्दाको दैनिकी नै फेरिदिएको छ । नगरपालिकामा जनप्रतिनिधि आएलगत्तै उक्त क्षेत्रमा धार्मिक पर्यटकीय विकासका लागि मार्ग निर्माणको काम शुरु गरिएको थियो । नगरपालिकाको रौटेलादेखि बह्मदेवसम्म धार्मिक मार्गको ट्रर्याक खोलेर ग्राभेलिङको काम सम्पन्न गरिएकोमा अहिले कालो पत्रे सुरु भईसकेको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनताका गर्नु भएको प्रतिवद्धता अनुसार रौटेलादेखि ब्रह्मदेबसम्म जैविक मार्ग निर्माण गरिएको हो । १८ देखि २२ मिटर चौडा यो मार्ग रौटेलादेखि ब्रह्मदेबसम्म १५ किलोमिटर छ । जैविक धार्मिक पर्यटकीय मार्गले वडा नं. १, ३, ७, ८, ९ र १० लाई एक आपशमा जोडेको छ भने रौटेला, बाराकुण्डा, विष्णु मन्दिर धाम साकेतधाम, भम्केनी धाम, कालिताल झरना, झिलमिला र सिद्धनाथ मन्दिर जोडिएका छन् । चार लेनको पक्की सडक बनाउने लक्ष्य राखेर निर्माण गरिएको सो मार्ग कैलालीको धार्मिकस्थल गोदवारीसम्म जोड्ने योजनासहित सुदूरपश्चिम प्रदेश सरकार निर्माण गर्ने गरि काम अघि बढाएको छ ।

२. नगर चक्रपथ र पर्यटन मार्ग

नगर गौरवको आयोजनाको रुपमा रहेको नगर चक्रपथको सपना सार्थक बनाउन उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटन मार्ग र दक्षिणी क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ । नगरपालिकाले दुवै मार्गलाई जोडेर बाह्य चक्रपथ निर्माण गरिरहेको छ । ८३ लम्बाई रहेको चक्रपथ निर्माण गरि नगर बस सञ्चालनमा ल्याउने नगरपालिकाको योजना छ ।
वडा नं १३ देखि १९ सम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हँुदै निर्माण हुने २९ किलोमिटर पर्यटन मार्गको पनि ट्र्याक खोली निर्माण कार्य भईरहेको छ । भने करिब तीन किलोमिटर मार्ग कालोपत्रे भईसकेको नगरपालिकाले जनाएको छ । यस मार्गले नगरपालिकाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थललाई जोड्ने र नगर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई सहज बनाउन अपेक्षा गरिएको छ । यि सडक निर्माणले यातायातमा मात्रै सहज भएको छैन् त्यहाँको जग्गाको मुल्य बढ्नुका साथै चुरे संरक्षणमा मद्दत पुगेको छ भने जङ्गली जनावरको त्रास समेत हटेको छ ।

३. ४८ किलोमिटर सडक कालोपत्रे, २४८ कि.मि ग्रोभेल र १७ किलोमिटर नयाँ सडक निर्माण

भीमदत्त नगरपालिकाले पछिल्लो पाँच वर्ष यता ४८ किलोमिटर सडक कालोपत्रे गरेको छ । नगरपालिकाले आन्तरिक श्रोतबाट बाह्य चक्रपथ, भित्रि चक्रपथ, जैविक मार्ग, पर्यटन मार्ग लगायतका साना सडक गरि ४८ किलोमिटर सडक कालोपत्रे गरेको हो ।
त्यस्तै नगरपालिकाले पछिल्ला पाँच वर्षमा २४८ किलोमिटर सडक ग्राभेल र ६६ किलोमिटर नयाँ सडकको ट्र¥याक खोलिएको र ५४ किलोमिटर कालोपत्रे सडक मर्मत गरेको जनाएको छ ।

४. दुर्गमबाट सुगम बन्यो खल्ला–मसेठ्ठी

स्थानीय सरकारको नेतृत्व आउनुपर्व भीमदत्त नगरपालिकाको सबैभन्दा दुर्गमबस्तीको रुपमा चिनिने खल्ला, टुडिखेल र मच्छेट्टीले विकासको मुहार फेरेको छ । वर्षौँ देखि विकास न्यूनतम पुर्वाधारको अभाव रहेको भीमदत्त–९ को यी बस्तीमा स्थानीय सरकारको नेतृत्वपछि सडक, विद्युत र सञ्चार सेवाको पहुँचमा जोडिएको हो । सञ्चारका लागि भारतीय सिम कार्ड प्रयोग गदैँ आएको स्थानीयले नेपाल टेलिकमको सञ्चार सेवा प्रयोग गर्न पाएका छन् । भने विद्युत आपुर्तीले बस्ती उज्यालो भएको छ ।

खल्ला, टुडिखेल र मच्छेट्टीवासीको वषौँपछि विकासका पुर्वाधारसँग जोडिएको हो । सडक, विद्युत र सञ्चार सेवा विस्तार भएपछि स्थानीयको जनजीवन सहज भएको छ । भने खोनेपानी र सिचाँईका योजना पनि सञ्चालन भईरहेका छन् । साथै सोही क्षेत्रमा रहेको महाकाली नदीमा सहसिक जलयात्रा ¥याफ्टीङ सञ्चालन गरिएको छ । विपन्न र दुर्गम क्षेत्रको विकास नगरपालिकाको उच्च प्राथमिकता रहेको छ ।

५. महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन

सुदूरपश्चिममै प्राविधिक शिक्षामा लामो समयदेखि रहेको निजि क्षेत्रको एकाधिकार नगरपालिकाले अन्त गरेको छ । भीमदत्त नगरपालिकाले आफ्नै प्राविधिक शिक्षालय सञ्चालनमा ल्याएपछि निजि क्षेत्रको एकाधिकार तोडिएको हो । भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पतालसँगको साझेदारीमा महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन ल्याएको हो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभिटीई ) ले भीमदत्त नगरपालिकालाई डिप्लोमा तहका प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिएपछि प्राविधिक शिक्षालय सञ्चालनमा आएको छ । भीमदत्तले सञ्चालन गर्ने महाकाली प्राविधिक शिक्षालयमा नर्सिङ्ग सहितका सात कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
त्यसमा समान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, रेडियो डाइग्नोष्टिक, अप्थाल्मिक साइन्स र फार्सेसीका कार्यक्रम सञ्चालन गर्ने स्वीकृति पाएको नगरपालिकाले कक्षा सञ्चालन सुरु गरिसकेको छ । शिक्षालय सञ्चालनपछि न्युन आय श्रोत भएको विद्यार्थीले सस्तोमा प्राविधिक शिक्षा पढ्न पाउने छ ।

६.मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि महत्वुपर्ण साझेदारी

सशस्त्र दन्द्धको समयमा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको मझगाउँ विमानस्थलको पुन ः सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साँझेदारीमा हुन लागेको विमानस्थल स्तरोन्नति कार्यमा भीमदत्त नगरपालिकाले महत्वपुर्ण सहकार्य गरेको छ । विमानस्थल स्तरोन्नतिका लागि ४५ करोड ६६ लाखमा कान्छाराम कष्ट्रसन कम्पनीसंग तीन वर्षभित्र काम सक्ने गरि ठेक्का सम्झौतासहित शिलान्यास भईसकेको छ । तीनै तहका सरकारको साँझेदारीमा निर्माण हुन लागेको यो यस क्षेत्रकै पहिलो आयोजनाको रुपमा रहेको मझगाउँ विमानस्थल स्तोरोन्नतीका लागि भीमदत्त नगरपलिकाले साढे ३ करोड, दोधारा चाँदनीले ६२ लाख र सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख नागरिक प्राधिकरणलाई पठाइसकेको छ ।
विमानस्थल सञ्ञ्चालनका लागि भीमदत्त नगरपालिकाले लगानी साझेदारी गर्न तयार भएपछि आयोजना कार्यान्वयमा मद्दत पुगेको छ । भीदत्त नगरपालिकाले साझेदारी अन्र्तगत तीन करोड ५० लाख रुपयाँ प्राधिकरणको खातामा जम्मा गरिसकेको छ । २०३० सालदेखि सञ्चालनमा आएको विमानस्थल २०५६ देखि सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउदै बन्द गरिएको थियो । बन्द भएको २२ वर्षदेखि पुनः सञ्चालनका लागि स्त्रोन्नतिको काम सुरु भएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले साझेदारी विकासको मोडेलको रुपमा विमानस्थल पुनः सञ्चालन आयोजना अघि बढेको बताउनु भयो ।

७. महाकाली अस्पताल सुधार तथा व्यवस्थापनमा महत्वपुर्ण सहयोग

केहि वर्षअघि रिफर सेन्टरको रुपमा चिनिने महाकाली अस्पतालले अहिले कोल्टो फेरेको छ । सेवा सम्पादनलाई विस्तारसँगै सुर्धाैदैँ गएपछि महाकाली अस्पतालप्रति जनविश्वास पनि बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत रहेको महाकाली अस्पताल सुधार तथा व्यवस्थापन स्थानीय सरकारको रुपमा रहेको भीमदत्त नगरपालिकाले पनि महत्वपुर्ण सहयोग गरेको छ ।
विशेष गरि कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि महाकाली प्रादेशिक अस्पताललाई व्यवस्थीत बनाउन नगरपालिकाको महत्वपुर्ण सहयोग गरेको हो । कोरोना परिक्षणका लागि धनगढी र काठमाडौँ जानुपर्ने बाध्यता रहेका बेला नगरपालिकाले पिसिआर मसिन खरिद गरि महाकाली अस्पताललाई हस्तान्तरण ग¥यो । त्यसले जिल्लामै कोरोना संक्रमण परिक्षण भईरहेको छ । भने संक्रमण नियन्त्रणमा सहज भएको छ । भने कोरोना संक्रमणको उपचारका लागि अक्सीजन अभाव हुदाँ भीमदत्त नगरपालिकाले त्यसको व्यवस्पथानका लागि २० लाख रुपयाँ आर्थिक सहयोग गरेको थियो ।
त्यस्तै नगरपालिकाले महाकाली अस्पतालाई दुई जना विशेषज्ञ चिकित्सक उपलब्ध गराएको छ । उनिहरुको परिश्रमीक नगरपालिकाले अस्पताललाई भुक्तानि दिदैँ आएको छ । योसँगै नगरपालिकाले समृद्ध नगरको विकासका लागि माहततका निकाय मात्रै नभई संघ,प्रदेश र सरोकारवाला निकायसँग समन्वय, सहकार्य र आपसी सहयोगको भावनाका साथ काम गरिरहेको छ ।

८. सबै वडामा आफ्नै कार्यालय भवन निर्माण

भीमदत्त नगरपालिकाले नगरका सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गर्ने योजनाका साथ काम गरिरहेको छ । आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ कार्यालय भवन निर्माणका काम भईरहेको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्वपछि भाडाका घरमा वडा कार्यालय सञ्चालन गरे पनि अहिले अघिकांश वडाको भवन निर्माण भइसकेका छन् । हालसम्म नगरपालिकाकाले ९ वडामा कार्यालय भवन निर्माण गरिसकेको छ भने अन्यको निर्माण कार्यभइसकेको छ । वडा नं १, २,४,५, ६, ७, ८, ११ १२, १३, १५, १६, १७ र १८ को कार्यालय भवन निर्माण भई सञ्चालनमा आइसकेका छन् । भने वडा नं ३, ९, १०, १४ र १९ को कार्यालय भवन निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बहुउपयोगसहित सबै वडामा आफ्नै पूर्वाधार निर्माण गर्ने योजनालाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएका छ । कार्यालय भवन निर्माण भएपछि सेवा प्रवाहमा नगरवासीलाई सहज भएको छ ।

९.मुख्य प्रशासकीय भवन निर्माण सुरु

नगरपालिकाले पालिकाको मुख्य प्रशासकीय भवन निर्माण कार्य पनि सुरु गरेको छ छ । भीमदत्तलाई अगामी दिनमा उप महानगर बनाउने योजनाका आवश्यक पुर्वाधारलाई मध्य नजर गदैँ आधुनिक मुख्य पशासनिक भवन निर्माण सुरु गरेको हो । हालको मुख्य प्रशासकीय भवन ठाँउ अभाव हुदाँ कतिपय शाखा बाहिर सञ्चालन भईरहेका छन् ।
नगरपालिकाले नगरवासीलाई एउटै छानामुनीबाट सबै सेवा दिन नयाँ भवन निर्माण गर्न लागेको हो । प्रशासनीक भवन निर्माणका लागि १६ करोड ४९ लाख ७६ हजारमा ठेक्का सम्झौता भएको छ । भवनमा १० वटा मिटिङ हल, नगर प्रमुख तथा उप प्रमुख कक्ष, शाखा कार्यालय कक्षहरु, प्रशासनीक कक्ष लगायतको संरचना बन्नेछन् । चार तले भवनमा लिफ्टको समेत व्यवस्था हुनेछ । भवन निर्माणपछि नगरपालिकालाई कार्यलय व्यवस्थापन तथा सेवा प्रवाहमा सहज हुनेछ ।

१०. १० वर्षे शिक्षा सुधार कार्य योजना

नगरपालिकाले पालिकाको शिक्षा सुधारका लागि १० वर्षे कार्य योजना निर्माण गरेको छ । पालिकाको शिक्षाको स्तर आधार, प्राविधिक शिक्षामा जोड, रोजगारी मुलक शिक्षा पद्धतीको विकासका लागि कार्य योजना निर्माण गरिएको हो । नगरपालिकाले उच्च स्तरिय शिक्षा सुधार कार्यदल गठन गरि पालिकाको शिक्षा अवस्था, सुधार गर्नु पर्ने पक्षहरु र भावि नीतिबारे सुझाव लिएको थियो । कार्यदलले दिएको सुझाव अनुसार शिक्षा सुधार कार्य योजना तयार गरिएको हो ।
कार्यदलको प्रतिवेदनकै सुझाव अनुसार लामो समय देखि समस्याको रुपमा रहेको शिक्षक दरबन्दी मिलान पनि नगरपालिकाले टुङ्याएको छ । नगरपालिकाले ५०९ जना शिक्षकको दरबन्दी मिलान गरेको हो । त्यस्तै नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण, सामुदायिक विद्यालयको आवश्यक पुर्वाधार निर्माण, ई–हाजिरीको व्यवस्था, पुर्ण साक्षर पालिका घोषणको तयारी लगायका कामहरु गरेको छ । नगर शिक्षा सुधार गुरु योजनाले पालिकाको शैक्षिक अवस्था सुधार हुने अपेक्षा गरिएको छ ।

११. पर्यटन पुर्वाधार निर्माण र प्रचारप्रसारमा तिव्रता

स्थानीय सरकारको नेतृत्व अघि पुर्वाधार र प्रचारको पर्खाईमा रहेका यस क्षेत्रका पर्यटकीय क्षेत्रहरुले नयाँ जिवन पाएका छन् । भीमदत्त नगरपालिकाले पर्यटन पुर्वाधार निर्माण र प्रचारप्रसारमा देखाएको सक्रियता यहाँ पर्टकिय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । नगरपालिकाले धार्मिक र ऐतिहासिक महत्व बोकेका क्षेत्रको प्रचारप्रसारसँगै त्यहाँ आवश्यक पुर्वाधार निर्माण गरेको छ । धार्मीक तथा एतिहासिक महत्व बोकेको झिलमिला तालसम्म सडक निर्माण गरिएको छ । जसले घण्टौँ हिडेर जानुपर्ने बाध्यताको अन्त भएको छ । साथै झिलमिला–ब्रह्मदेव केबुलकारको सम्भाव्यता अध्ययन परि गरिएको छ ।

भीमदत्त–८ मा रहेको भम्केनी धामको विकासका लागि पनि नगरपालिकाले महत्वपुर्ण साझेदारी गरेको छ । जगद गुरुको पहलमा निर्माण भईरहेको ७५ फिट अग्लो नेपाल आमाको मुर्ती निर्माणमा नगरपालिकाले एक करोड सहयोग गर्ने प्रतिवता जनाएको छ । जसमध्ये ५० लाख सहयोग गरिसकेको छ । त्यस्तै नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीमा झण्डा पार्क निर्माण गरिएको छ । ७७ फिट अल्लो चन्द्र सुर्य अंङ्कीत नेपालको झण्डाले सीमामा नेपाली स्वाभिमान र राष्ट्रियता भल्काईरहेको छ । योसँगै नगरपालिकाले ‘एक वडा एक उद्यान’ कार्यक्रम अन्र्तगत सबै वडामा सार्वजनिक क्षेत्रको संरक्षण, बहुउयोगको योजनासहित पार्क निर्माण गरेको छ । बाराकुुण्डामा कुण्ड पुनर भरण र रौटेलामा त्रिशुल पार्क निर्माण गरि यस क्षेत्रको गरिमा बढाउनुका साथै पर्यटकिय आकृषण पनि थपिएको छ ।
धार्मिक पर्यटकीय मार्गले ब्रह्मदेवको सिद्धनाथ मन्दिर, तिलाचौरको भम्केनी धाम, तिलकपुरको साकेतधाम र बाराकुण्डाको रौटेला मन्दिरका साथै खल्ला मच्छेटीमा रहेको प्राचीन सिद्धबाबा, ऐतिहासिक ५२ कोठे दरबार, झिलमिला ताल लगायतका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थललाई एकापसमा जोड्दै सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सडक सञ्जाल निर्माण गरिएको छ । नगरपालिकाले यसका पर्यकीय क्षेत्रमा आन्तरिक मात्रै नभई बाह्य पर्यटकहरुलाई पनि भित्र्याएर अर्थो पार्जन गर्ने लक्ष्य लिएको छ । त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले पर्यटन महोत्सवको सुरुवात गरेको छ । भने बह्रसिङगालाई नगर ब्राण्डको रुपमा घोषणा गरेको छ ।

१२. राजस्व सुधार कार्ययोजना निर्माणसँगै आन्तरिक आयमा उलेख्य वृद्धि

नगरपालिकाले आन्तरिक आय तथा राजस्व सुधारका लागि निर्माण गरेको कार्य योजनालाई निर्माण गरेको छ । क्षेत्रिय शहरी विकास आयोजना, संस्थागत परामर्शदाताको सहयोगमा नरगपालिकाले राजस्व सुधार कार्ययोजना निर्माण गरेको हो । संस्थागत परामर्शदाताका वित्त विज्ञबाट हालसम्म नगरपालिकाका पाँच वटा राजस्व सुधार कार्ययोजना निर्माण भई अद्यावधिक हुदैँ आएका छन् ।
नगरपालिकाले हरेक आर्थिक वर्षको कार्ययोजना निर्माण गरि सोही अनुसार नीति कार्यक्रम निर्माण तथा कार्यान्वयनको चरण पु¥याउँदै आएको छ । आर्थिक वर्ष २०७२\७३ देखि राजस्व सुधार कार्ययोजना तयार हुदैँ आएको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्वपछि कार्ययोजनाका सिफारिसलाई कार्यान्वयन गरि आर्थिक वर्ष २०७४\७५ मा ६ करोड राजस्व संकलन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७५\७६ मा १२ करोड, आर्थिक वर्ष २०७६\७७ मा २० करोड र आर्थिक वर्ष २०७७\७८ मा २३ करोड राजस्व संकलन गरेको छ । साथै राजस्व संकलनका लागि नगरपालिकाले अनलाईन कर भुक्तानी प्रणालीको पनि विकास गरेको छ । जसले करदातालाई घरबाटै कर तिर्न सहज भएको छ ।
राजस्व सुधार कार्ययोजना निर्माणपछि नगरपालिकाको आन्तरिक आयमा उल्लेख्य सुधार भएको छ । राजस्व परामर्श समिति, राजस्व उपशाखा, आर्थिक प्रशासन शाखा र अन्य शाखाहरुसँगको समन्वय सहकार्यमा कार्ययोजना निर्माण गरिएको हो । राजस्व सुधार कार्ययोजनाले श्रोत साधनको प्रभावकारी र अधिकतम् परिचालन, समयानुकुल कर प्रणाली परिर्वतन, निजि क्षेत्रलाई प्रोत्साहन, करका दायरामा वृद्धि, दिर्घकालिन कर नीति तथा रणनीति निर्माण, पालिकाका कामहरु पारदर्शी, मितव्ययी र औचित्यपुर्ण बनाउनु पर्ने, आर्थिक ऐन र राजस्व ऐन पारित गर्नुपर्ने, बक्यौता संकलन, राजस्वको क्षेत्र विस्तार गर्नु पर्ने लगायतका सुझाव दिएको थियो ।
कार्ययोजनाको सुझावलाई कार्यान्वय गर्दै नगरपालिकाले आन्तरिक आय श्रोेतको प्रभावकारी परिचालन, प्रगतिशिल कर प्रणालीको विकास, सक्षम कर प्रशासन, करका दायरामा वृद्धि तथा क्षेत्र विस्तार, कर पुनरावलोकन र कर चुहावट नियन्त्रण गर्ने नीति लिएको छ । यसबाट पालिका आन्तरिम आयमा सबल बन्दैँ गएको छ ।

१३. जनमैत्री प्रशासन सेवा

स्थानीय सरकार नेतृत्वपछि संघियताको मर्म अनुसार नगरपालिकाले सेवा सम्पादनलाई विकेन्द्रकरण गरेका छ । केन्द्रीकृत सेवा प्रवाहलाई वडास्तरबाटै नागरिकलाई नगरपालिकाले सेवा दिईरहेको छ । त्यसका लागि आवश्यक पुर्वाधार निर्माण र जनशक्ती व्यवस्थापनमा पनि नगरपालिकाले जोड दिएको छ ।
नगरपालिकाले मुख्य प्रशासनीक भवन, वडा कार्यालय, विषयगत शाखा र विभिन्न समितिहरुबाट सेवा प्रदान गरिरहेको छ । भीमदत्त नगरपालिका कार्य सम्पादनको आधारमा संस्थागत स्व–मुल्याङ्कनमा देशमै पहिलो नगरपालिका बनेको छ ।

१४. सबै वडामा आधारभुत सेवा विस्तार, दुई बर्थीङ सेन्टर थपिए

स्थानीय सरकारको नेतृत्वपछि भीमदत्त नगरपालिकामा स्वास्थ्य सेवाको पहुच सहज भएको छ । नगरपालिकाले स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर सबै वडाबाट आधारभुत स्वास्थ्य सेवा सुरु गरेको हो । स्थानीय सरकारको नेतृत्व अघि पालिकामा छ वटा शहरी सवास्थ्य केन्द्र रहेकोमा अहिले १९ वडामा विस्तार गरिएको हो । जसबाट आधारभुत सेवा प्रहाव वडाबाटै भईरहेको छ । त्यस्तै नगरपालिकाले बसन्तपुर बह्मदेवमा गरि थप दुई वटा बर्थीङ सेन्टर सञ्चालन ल्याएको छ । जसबाट गर्भवती महिलालाई स्वास्थ्य चेकजाँचसहिचको सेवा लिन सहज भएको छ । नगरपालिकाले हाल २१ वटा स्वास्थ्य संस्थाहरुबाट सेवा दिईरहेको छ । भीनपा–९ स्थित खल्ला–मसेठ्ठीमा पनि गाउँघर स्वास्थ्य क्लीनिक सञ्चालन गरिएको छ । नगरपालिकाले नगरवासीकाको स्वास्थ्य सेवा पहुच सहज बनाउन, मेयर टोल–टोल स्वास्थ्य चेकजाँच कार्यक्रम, मेयर गाउँघर विशेषज्ञ सेवा कार्यक्रम, विपन्न नागरिक निशुल्क स्वास्थ्य सेवा पनि सञ्चालनमा ल्याएको छ । त्यस्तै नगरपालिकाले दुई वटा एम्बुलेन्स र शव बहानमार्फत पनि नगरवासीलाई सेवा दिईरहेको छ ।

१५. मेयर उद्यमशिलता कार्यक्रम सञ्चालन

नगरपालिकाले न्युन आय श्रोत भएका विपन्न वर्गलाई लक्षीत गरि मेयर उद्यम शिलता कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगर प्रमुख विष्टले नेपाल बैकसँगको सहकार्यमा उक्त कार्यक्रम सुरु गरेका हुन् । नगरपालिकाले बिना धितो बिना ब्याज पाँच लाखसम्म ऋण उपलब्ध गराउँदै आएको छ । पहिलो चरणमा १४ जनाले कर्जा पाएकोमा दोस्रो चरणका लागि २० जना उद्यमीलाई छनौट गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यक्रममार्फत नगरपालिकाले करिब तीन सय जनालाई उद्यमी तथा सीपमुलक तालिम दिईएको छ ।

१६. १ सय १० कानुन निर्माण

भीमदत्त नगरपालिकाले पाँच वर्षको अवधिमा एक सय १० कानुन निर्माण गरेको जनाएको छ । जसमा ऐन, कार्यविधि, मापदण्ड रहेका छन् । स्थानीय तहको सरकार बन्दा कानुन अभाव रहेको नगरपालिकाले कानुन निर्माण गरि विकास निर्माणका काम अघि बढाएको जनाएको छ । त्यस्तै नगर उप–प्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिले पाँच वर्षमा १ सय १ मुद्धा फछयौट गरेको छ । एक सय २९ उजुरी दर्ता भएकोमा न्यायिक समितिले मेलमिलाप, उचित न्यायिक परामर्शबाट मुद्धा किनार लगाईएको छ । त्यस्तै न्यायिक समितिले पाँच मेलमिलाप केन्द्र निर्माण गरेको छ भने मेलमिलापकर्तालाई तालिम पनि दिएको नगरपालिकाले जनाएको छ ।

१७. विकासमा साझेदारी र सहकार्य

नगरपालिकाले विकास निर्माण कार्यलाई सरोकारवाला निकायसँगको सहकार्य अघि बढाएको छ । नगरपालिकाले महाकाली प्रादेसिक अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयलाई पनि सहयोग गरेको छ । महाकाली अस्पतालको सेवा सुधार, पिसिआर मेसिन खरिद गरि हस्तान्तरण, अक्सीजन सिलिन्डर खरिदका लागि सहयोगलगायतमा नगरपालिकाले साझेदारी गरेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयको पार्क निर्माण, जिल्ला प्रहरी कार्यायलको पर्खाल निर्माण, सशस्त्र प्रहरीका बिओपीलाई सहयोग, पत्रकार महासंघको भवन निर्माण लगायत विभिन्न केन्द्र र प्रदेश माहततका सरकार र गैर सरकार कार्यालयलाई पनि नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
त्यस्तै नगरपालिकाले नगरवासीलाई निशुल्क रगत उपलब्ध गराउन रेडक्रसलाई वर्षेनी तीन लाख सहयोग गर्दै आएको छ । भने दन्द्धकालमा बन्द भएको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि तीनै तहसँग सहकार्य गरेको छ । सरकारी र गैर सरकारी संघ सस्थाहरुसँगको सहकार्यमा विभिन्न परियोजना, आयोजना नगरपालिकाले अघि बढाएको जनाएको छ ।

१८ शहरी विकास आयोग गठन र योजना बैक निर्माण

भीमदत्तले केन्द्रीय योजना आयोगको अवधारण अन्तरगत शहरी विकास आयोग गठन गरेको छ । नगर प्रमुखको अध्यक्षता रहने यस आयोगले नगरपालिकाको समग्र विकासका लागि योजना निर्माणको काम गरिरहेको छ । नेपालका केही मात्रै स्थानीय तहले सुरु गरेको यो अवधारणमा भीमदत्त सुदूरपश्चिममै पहिलो पालिका पनि हो ।
आयोग नगरपालिकाका योजना तर्जुमा गर्ने, योजनाको प्राथमिकिरण गदैँ त्यसको कार्यान्वयनका लागि बजेट सुनिश्चत गर्ने काम गर्ने छ । आयोगलाई योजना बैंकको निर्माण गर्ने प्रमुख जिम्मेवारी दिईएको छ । समृद्ध नगरको निर्माणका जनताको आवश्यकताका आधारमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना तर्जु गर्ने र त्यसलाई प्राथमिकिरण गरेर कार्यान्वयनका चरणमा अघि बढाईने छ । नगरपालिकाले २५ वर्षे नगर गुरुयोजनासहित काम गरिरहेको छ ।
साथै आयोगले योजना कार्यान्वयनका लागि बजेट सुनिश्चत गर्न केन्द्र, प्रदेश र अन्य दातृ निकायसँग पहल गर्ने नगरपालिकाले जनाएको छ । आयोगको सञ्चालनका लागि नगर योजना परिषद गठन गरिएको छ । जसमा केन्द्र, प्रदेश र अन्य सरोकारवाला कार्यालयका प्रमुख एंवम् प्रतिनिधिलाई सदस्यको रुपमा राखिएको छ । आयोगले योजनाको निर्माण तथा कार्यान्वनका लागि तीनै तहका निकायबिच समन्वयकारी भुमी खेल्नेछ ।

१९. कृषिमा एक वडा एक उत्पादनदेखि पकेट क्षेत्र कार्यक्रम सञ्चालन

नगरपालिकाले कृषिको यान्त्रिकरण र व्यवसायिकरणमा पनि जोड दिएको छ । कृषिमा आत्मनिर्भर र उत्पादनमा वृद्धिका लागि नगपालिकाले एक वडा एक उत्पादनदेखि पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको छ ।
एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत हरेक वडाका किसानलाई तालिम, अनुदान र प्राविधिक सहयोग गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यक्रम अन्र्तगत किसानलाई कुखुरा पालन, बाख्रा पालन, तरकारी खेती, कागती खेती, ड्रागन खेती, मेवा खेती लगायतका लागि तालिम र अनुदान सहयोग गरिएको हो । त्यस्तै कोभिड–१९ प्रभावीत तथा रोजगार गुमाएका लाई आर्थिक सामाजिक पूनःलाभ कार्यक्रम मार्फत ४०० परिवारलाई कृषि, पशुपालन र उद्यममा सहयोग, साना किसान तरकारी व्यवसायिका लागि १०० भन्दा बढी टनेल निर्माण, सहकारी तथा निजी क्षेत्रलाई बीउ बीजन उत्पादन र भण्डारणमा सहयोग लगायतका कामहरु भएका छन् । त्यस्तै नगरपालिकाको आफ्नै नर्सरी मार्फत २ लाख फलफुल तथा तरकारीका विरुवा उत्पादन गरी ३५ हजार घरधुरीलाई वितरण गरेको छ । तरकारी पकेट क्षेत्र ५ वटा, धान पकेट २ वटा, गहुँ पकेट १, मकै पकेट १ मा कार्यक्रम सञ्चालन गरिएको छ । यसबाट कृषक आत्मनिर्भ र हुनुका साथै उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।

२०. खानेपानी आयोजना निर्माणमा महत्पवपुर्ण सहयोग, र सहजिकरण

भीमदत्त नगरपालिकाले सबै नगरवासीलाई स्वच्छ खानेपानी पु¥याउने लक्ष्य लिएको छ । सोही अनुरुप नगरपालिकाले नगरस्थित विभिन्न खानेपानी आयोजना निर्माणका लागि सहजिकरण, सहयोग गदैँ आईरहेको छ । नगर विकास कोषको ऋण सहयोगमा सञ्चालन खानेपानी आयोजनामा नगरपालिका जमानी बसेको छ भने कतिपय आयोजनाको उपभोक्ताले तिर्नु पर्ने पाँत प्रतिशत रकम पनि नगरपालिकाले सहयोग गरेको छ ।
भीमदत्तमा सिद्धनाथ बैजनाथ खानेपानी आयोजना, पुर्णागिरी शहरी खानेपानी आयोजना, चक्किफाँटा खानेपानी आयोजना, महेन्द्रनगर खानेपानी लगायतका आयोजना सञ्चालनमा छन् । त्यस्तै नगरपालिकाको पहलमा महेन्द्रनगर बजार क्षेत्रमा जिर्ण अवस्थामा रहेका खानेपानी लाईन फेरिदैँछन् । बजार क्षेत्रमा करिब ३० किलोमिटर नयाँ पाईललाईन बिछ्याउने काम भईरहेको छ ।

२१. नगरपालिकाको स्थापना दिवस सुरुवात र पुरस्कार स्थापना

स्थानीय सरकारको नेतृत्वपछि भीमदत्त नगरपालिकाले स्थानपा दिवस मनाउन सुरु गरेको छ । भीमदत्त नगरपालिकाले स्थानीय तह निर्वाचनपछि नगरपालिका स्थापना गरिएको ४२ वर्षमा पहिलो पटक स्थापना दिवस मनाइएको हो । २०३४ माघ ७ गते तत्कालिन सुडा र ऐरी गाउँ पञ्चायत मिलाएर महेन्द्रनगर नगर पञ्चायतका रुपमा स्थापना गरिएको थियो । २०४७ मा महेन्द्रनगर नगरपालिका नामाकरण गरिएको नगरपालिका जनआन्दोलनपछि २०६५ मा भीमदत्त नगरपालिका नामाकरण गरिएको हो । नगरपालिका स्थापनाको दुई दशकपछि ४२ वर्षमा पहिलो स्थापना दिवस मनाएर दिवसको सुरुवात गरिएको थियो । नगरपालिकाले फागुन ७ गते स्थापना दिवस मनाउँदै आएको छ ।
त्यस्तै नगरपालिकाले स्थापना दिवसमा १४ विधामा पुरस्कार स्थापना गरेको छ । नगरपालिकाले शहित भीमदत्त पन्त किसान पुरस्कार, शहिद दशरथ चन्द लोकतन्त्र पुरस्कार, शहिद गोविन्द गौतम सीमा सुरक्षा पुरस्कार, पहलमान सिंह स्वर साहित्य पुरस्कार, बाकाविर खेलकुद पुरस्कार, जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरस्कार, राम बहादुर चन्द पत्रकारिता पुरस्कार, द्धारिका देवि ठकुरानी शिक्षा पुरस्कार, विज्ञान प्रविधि पुरस्कार, असहाय सेवा सहयोग पुरस्कार, वन वातावरण संरक्षण पुरस्कार, प्रेम सिंह धामी प्राकृतिक संम्पदा संरक्षण पुरस्कार, एन.डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार, र उत्कृष्ट करदाता पुरस्कार स्थापना गरेको छ । उक्त पुरस्कार नगरपालिकाले स्थापना दिवसको अवसरमा घोषणा गरि दिदैँ आएको छ । ईतिहास नै पहिचान भएकाले नगरपालिकाले स्थापना दिवस बनाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

‘भीमदत्त समृद्धीको आधार तयार गरेका छौँ’ मेयर विष्ट

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पाँच वर्षको अवधिमा समद्धीको आधार तयार भएको बताएका छन् । उनले पछिल्ला पाँच वर्षमा गरिएका कामहरुले विकास र समृद्धको आधारशिला तयार भएको बताएका हुन् । उनले स्थानीय सरकार सञ्चालन ऐनको पुर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण र पुर्वाधार निर्माण गरिएको बताए । ‘हामी आउँदाँ कानुन थिएन्, स्थानीय सरकार सञ्चालन ऐन असोज अन्ततिर मात्रै आयो ।’ नगर प्रमुख विष्टले भने ‘यो अवधिमा आवश्यक अधिकांश कानुन निर्माण गरेका छौँ, नागरिकलाई सजह रुपमा सेवा दिनका लागि पुर्वाधार निर्माण भएका छन् । सबै वडामा मुल सडक र भित्रि सडक निर्माण गरिएको छ ।’
उनले अगाडी थपे ‘सम्रगमा स्थानीय सरकारको आधारशिला जग बनेको छ, समृद्ध नगरकोे योजना अघि बढाएका छौँ ।’ साथै नगरपालिकाको नेतृत्वमाथि सधै घेराबन्दी भएकोमा उनले दुखेसो समेत पोखे । ‘नगरपालिकाको नेतृत्वमाथि सधैँ आरोप लगाउने कामहरु भईरहे, अझै भईरहेकै छन् ।’ उनले भने ‘ हाम्रो ध्यान विकास निर्माणमा छ, नगर समृद्ध बनाउने तर्फ छ, विकासका लागि राजनीति हो, विरोधको लागि होईन् ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्