लायन्स क्लब अफ महेन्द्रनगर सिटीद्धारा अनाथालयलाई कम्प्युटर सहयोग

महेन्द्रनगर कञ्चनगरस्थित लायन्स क्लब अफ महेन्द्रनगर सिटीले अनाथालयलाई कम्प्युटर सहयोग गरेको छ । महेन्द्रनगरस्थित महाकाली समाज कल्याण अञ्चल बाल अनाथालयलाई लायन्स क्लबले कम्प्युटर सहयोग गरेका हो । बुधबार लायन्स क्लबले अनाथालका बाललबालिकालाई अध्ययनमा सहज हुने उद्देश्यका साथ कम्प्युटर सहयोग गरिएको क्लबकी अध्यक्ष कमला सापकोटाले बताईन् ।


अन्तराष्ट्रिय स्तरमै सामाजिक क्षेत्रमा ख्यातीप्राप्त संस्थाको रुपमा रहेको लायन्स क्लबले समय–समयमा सामाजिक कार्य गदैँ आईरहेको र सोही अनुसार अनाथालयलाई सहयोग गरिएको हो । ‘विज्ञान प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकाको अध्ययनमा सहजनता होस् भनेर क्लबले कम्प्युटर सहयोग गरेको हो’ क्लबका पुर्व अध्यक्ष जगदिश चन्द्र भट्टले भने ‘बालबालिका भविष्यका करणधार हुन्, उनीहरुको शिक्षादिक्षा राम्रो भयो भने त्यसले देशको विकासमै ठुलो मद्दत पुग्छ, त्यसमा पनि अनाथालयमा रहेका बालबालिकालाई यस्तो सहयोग आवश्यकता अझ बढी हुन्छ ।’


कम्प्युटर सहयोग कार्यक्रममा बालबालिका योग तथा प्रेरणादायी ज्ञान प्रदान गर्नुका साथै खाजा पनि खुवाईएको थियो । कार्यक्रममा महेन्द्रनगरका विभिन्न लायन्स क्लबमा आवद्ध पदाधिकारी, सदस्य, योगकर्मीलगायतको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्