एमाले कञ्चनपुरले यसरी ग¥यो प्रदेश कमिटीमा मेयर, उपमेयरको नामवाली सिफारिस

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले आसन्न स्थानीय चुनावका लागि ९ वटै स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख\उपाध्यक्षका उम्मेदवार प्रदेश कमिटीमा सिफारिस गरेको छ । प्रदेश कमिटीले कम्तीमा १ महिलासहित ३ उम्मेदवार सिफारिस गर्न परिपत्र गरेअनुसार जिल्ला कमिटी सदस्यहरूको रायका आधारमा उम्मेदवार सिफारिस गरिएको जिल्ला सचिव पल्लबराज भट्टले जानकारी दिए ।
एमाले कञ्चनपुरले उम्मेदवार छनोटका लागि ९ वटै पालिकामा गत चैत २६ गते पालिका कमिटीको बैठक राखेको थियो । बैठकबाट मापदण्ड अनुसार ३ जनाको सिफारिस गर्न भनिए पनि केही पालिकामा आकांक्षी धेरै देखिएका थिए ।
तोकिएको मापदण्ड (कम्तीमा १ महिलासहित ३ जना) अनुसार सिफारिस गर्नुपर्नेमा बढी नाम जिल्ला कमिटीमा आएपछि जिल्ला कमिटीले चैत ३० गते पूर्ण बैठक राखेर सहमतिका लागि वैशाख २ गतेसम्म समय दिएको थियो । जिल्ला कमिटी बैठकले जिल्ला सदस्यहरूको रायका आधारमा उपयुक्त निर्णय लिन जिल्ला नेतृत्वलाई अधिकार दिएको थियो ।
‘पालिकाका उम्मेदवार छान्ने, सर्वसम्मत बनाउने मुख्य जिम्मेवारी पालिका कमिटीकै हो । पालिका कमिटीले सर्वसम्मत वा मापदण्डभित्र रहेर सिफारिस गर्न नसकेपछि जिल्ला कमिटीले पनि अनिर्णित बन्न मिल्दैन, जिल्ला कमिटी सदस्यको रायका आधारमा उपयुक्त निर्णय गरेको छ,’ सचिव भट्टले भने, ‘सम्बन्धित पालिका भूगोलमा रहेका जिल्ला कमिटी सदस्यले प्राथमिकताका साथ दिएको रायका आधारमा जिल्ला कमिटीले कम्तीमा १ महिलासहित ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ ।’
कतिपय पालिका कमिटीले महिलाको नाम नपठाएको अवस्थामा पालिका कमिटीलाई मापदण्ड पालना गरेर महिलाको नाम पठाउन भनिएको सचिव भट्टले बताए । ‘जिल्ला कमिटी सदस्यको पहिलो, दोस्रो र तेस्रो रोजाइमा परेका कमरेडहरू सिफारिस हुनुभएको छ,’ उनले भने ।
जिल्ला कमिटीले गर्नुपर्ने निर्णय जिल्ला सदस्यहरूकै रायका आधारमा हुने सचिव भट्टले बताए । ‘जिल्ला अध्यक्ष कमरेडले जिल्लाभरका हरेक जिल्ला सदस्य कमरेडहरुको राय लिनुभएको छ । जिल्ला सदस्यको रायका आधारमा निर्णय गर्नु जिल्ला कमिटीको विधिप्रक्रिया हो,’ उनले भने ।
जिल्ला कमिटीको राय, सिफारिसका आधारमा प्रदेश कमिटीले उम्मेदवार छनोटको अन्तिम निर्णय गर्नेछ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यपालिका सार्वजनिक गरिसकेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्