भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिन प्रदेशसभा सदस्यबाट राजीनामा

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का वाग्मती प्रदेश सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् । चितवनको भरतपुर महानगर प्रमुख पदमा उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् । सुवेदीले बिहीबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष पदबाट राजीनामा दिएका हुन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको सुवेदीले बताए ।
चितवनको क्षेत्र नम्बर २ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष ३ महिना एक दिन वाग्मती प्रदेशसभा सदस्यको रुपमा रहेका थिए । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने नियम बनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्