दुर्घटनाका घाइतेलाई उद्धार गरेर सांसद र मेयरले पुर्‍याए अस्पताल, अवस्था सामान्य

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा भएको मोटरसाइकल दुर्घटनाका घाइतेलाई उद्धार गरेर सांसद निरुदेवी पाल, दीपकप्रकाश भट्ट, नरबहादुर धामी र मेयर सुरेन्द्र विष्टले अस्पताल पुर्‍याएका छन् ।

दुर्घटनामा घाइते बेदकोट नगरपालिका–९ सुन्दरपुरका राजकुमार राना र करन रानालाई तत्कालै झलारीस्थित अस्पतालमा प्राथमिक उपचारपछि एम्बुलेन्स खोजेर धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको हो ।

सांसदहरू सवार बागमती प्रदेश १३७६ नम्बरको गाडी र म२प ९९६१ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जना घाइते भएका थिए । घाइतेलाई तत्कालै उद्धार गरेर अस्पताल लगिएको हो ।

घाइतेलाई अस्पताल लगेर सीटी स्क्यान लगायत स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको जनाइएको छ । अस्पतालले घाइतेलाई भोलि साेमबार डिस्चार्ज गर्ने तयारी गरेको छ ।

सांसदहरू महेन्द्रनगरबाट धनगढीतिर गइरहेको बेला दुर्घटना भएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्