कञ्चनपुरमा गठबन्धनबिच जुटेन् सहमति, माओवादी र समाजवादीकाे चुनावी तालमेल हुने

महेन्द्रनगर । कञ्चनपुरमा सत्तारूढ गठबन्धनबिच चुनावी तालमेलकाे प्रयास असफल भएकाे छ । कांग्रेसले गठबन्धनका साझेदारलाई रुझाउने गरि सिट नदिदाँ तालमेल असफल भएको हाे । पाँच दलित गठबन्धनकाे प्रयास असफल भएपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको समाजवादी कञ्चनपुर उपाध्यक्ष अशाेक कुमार चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्  । दुबै दलबीच बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तालमेल गर्ने सहमति बनेको हो ।
कञ्चनपुरका ९ मध्ये ५ स्थानीय तहको नेतृत्व माओवादी केन्द्रले पाएको छ भने ४ स्थानीय तहको प्रमुख एकीकृत समाजवादीले पाएको छ । 
माओवादी केन्द्रले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेलडाँडी गाउँपालिका प्रमुख पाएको छ भने एकीकृत समाजवादीले बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनर्वास नगरपालिकाको प्रमुख पाएको छ । 
त्यस्तै वडामा पनि चुनावी तालमेल गर्ने र वडामा जुन पार्टीकाे अध्यक्ष रहेको छ साेहि पार्टीकै चुनावमा दुवैले उम्मेदवारी दिने सहमति पनि जुटेकाे छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्