भीमदत्तको मेयरमा एमालेबाट पन्तको उम्मेदवारीः भन्छन् ‘सामाजिक रुपान्तरण र जनजीविकाका सवाल मुख्य मुद्धा बन्छन्’

उप मेयरमा कुवँरकाे उम्मेदवारी
महेन्द्रनगर
। कञ्चनपुरको ठुलो नगरपालिका भीमदत्तको मेयरका लागि नेकपा एमालेबाट महेस प्रशाद पन्तको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उप–मेयरमा भुवन कुवँरको उम्मेदवारी दर्ता भएको छ । बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि एमालेले मनोनयन दर्ता गराएको हो ।
मनोनयन दर्तापछि नेता पन्तले विकास र समृद्धीका लागि आफ्नो प्रतिवद्धता जनाएका छन् । उनले युवा, स्वरोजगार, श्रमको सम्मान, निम्न वर्गाीय समुदायको उत्थानका लागि आफुले काम गर्ने बताए । ‘पालिकाको नेतृत्व पाएपछि विकास निर्माण कार्य अनिवार्य नै हो, त्योसँग समुन्नत समाज निर्माणका लागि सामाजिक रुपान्तरण, जनजीविकाका सवालहरु मेरा मुख्य मुद्धा बन्छन् ।’ उनले भने ‘सर्वहारा, मदजुर, किसान र युवालक्षीत योजना छन्, स्वदेश रोजगारी र श्रमको सम्मान गर्ने अवस्था सिर्जना गर्छु ।’ सीमा सुरक्षा, लागु औषध नियन्त्रण, गरिबि निवारणका लागी पनि आफुले पहल गर्ने उनको भनाई छ ।
२०५३ सालबाट विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका पन्त २०६२÷६३ को जनआन्दोलको बेला जनज्योती गोलीकाण्डका घाईते समेत हुन् । उनीमाथि शाही सेनाले गोली प्रहार गरेको थियो । ३९ वर्षीय युवा नेता पन्तले पार्टी नेतृत्वको केन्द्रीय र स्थानीय सरकारले गरेका कामहरुले नै आफुले चुनाव जित्ने प्रमुख आधार भएको बताए ।
एमालेका युवा नेता पन्त तत्कालिन नेकपाका प्रदेश कमिटि सदस्य हुन् । सिद्धनाथ बहुमुखीकोे स्ववियु अध्यक्ष हुदै अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य समेत रहेर उनले काम गरि सकेका छन् ।
त्यस्तै एमालेले भीमदत्तका १९ वटा वडामा उम्मेदवारी दर्ता गराएको छ । भीमदत्तको मेयरका लागि नेपाली कांग्रेसबाट पदम बोकटी, नेकपा एकिकृत समाजवादीबाट राजेन्द्र पाण्डेय र राप्रपाबाट गजेन्द्र चन्दले मनोनयन दर्ता गराएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्