वेदकोटमा एमालेले अघि सा¥यो मेयर, उप मेयर दुवै पदमा महिला नेतृत्व

महेन्द्रनगर । नेकपा एमालले कञ्चनपुरको वेदकोट नगरपालिकाको मेयर र उप मेयर दुवै पदमा महिला नेतृत्वलाई अघि बढाएको छ । सोमबार भएको मनोनयन दर्तामा एमाले दुई प्रमुख पदमा महिला नेतृत्व अघि सारेको हो ।
एमालेबाट मेयरमा शुसिला सिंह र उप मेयरमा पार्वती भट्ट(जोशी) को मनोनयन दर्ता भएको छ ।

चन्द अघिल्लो निर्वाचनमा उप मेयरमा निर्वाचित भएकी थिईन् । उनी नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्यसँगै वेदकोट नगर कमिटि ईन्चार्ज समेत हुन् । त्यस्तै उप मेयरकी उम्मेदवार भट्ट जिल्ला कमिटि सदस्य हुन् ।
एमालेले स्थानीय तहमा सबल महिला नेतृत्वलाई अघि बढाउने रणनीतिका साथ महिला नेतृत्वलाई जिम्मेवारी दिएको हो ।
त्यस्तै एमालेले बेलौरी नगरपालिकाको मेयरमा पनि महिला नेतृत्वलाई अघि सारेको छ । बेलौरीमा नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर सह–ईन्चार्ज कमला बोहराको उम्मेदवारी दर्ता भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्