कांग्रेसमा टिकट वितरणमा तिव्र असन्तुष्टी, वडाध्यक्षका दावेदार जोशी एमालेमा प्रवेश

महेन्द्रनगर । स्थानीय निर्वाचनका लागि उम्मेदवार छनौटबारे कांग्रेसमा तिव्र असन्तुष्टी देखिन थालेको छ ।
नेपाली कांग्रेसबाट वडाध्यक्षका दावेदार अर्जुन प्रसाद जोशी नेकपा एमाले प्रवेश गरेका छन् । पार्टीबाट टिकट वितरणमा कांगे्रस नेताहरुले मनोमानी गरि कार्यकर्ताको अवमुल्यन गरेको भन्दैँ भीमदत्त–८ का वडाध्यक्ष पदका दावेदार अर्जुन प्रशाद जोशी एमालेमा प्रवेश गरेका हुन् ।
जोशीलाई एमाले कञ्चनपुर ईन्चार्ज निरुदेवी पाल, अध्यक्ष सुरेन्द्र बिष्ट, एमाले वडानं ८ का वडा अध्यक्ष का उम्मेदवार ध्वज बहादुर बिष्ट लगायतले स्वागत गरे । साथै उनले एमालेका उम्मेदवारलाई जिताउन लागि पर्ने प्रतिवद्धता समेत व्यत्त गरे । कांग्रेसबाट उप मेयर र वडाध्यक्षमा दुई जनाले बागी उम्मेदवारी समेत दर्ता गराएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्