प्रस्तावित नयाँ लियो जिल्ला परिषद ३२५ एन को कार्य समिति चयन, अध्यक्षमा वैश्य

महेन्द्रनगर । लियो जिल्ला परिषद ३२५ बी २ बाट छुट्टीएर प्रास्तवित नयाँ लियो जिल्ला परिषद ३२५ एन को कार्य समिति चयन भएको छ । दाङको भालुवाङ हुदैँ, सुर्खेत, नेपालगञ्ज र सुदूरपश्चिम भु–भाग समेटिएको यस जिल्ला परिषद्को नयाँ कार्य समिति चयन भएको हो ।
प्रस्तावित जिल्लाको कार्यसमिति अध्यक्षमा नेपालगञ्जका सुजित वैश्य चयन भएका छन् भने प्रथम उपाध्यक्षमा नेपालगञ्जकै विवेक श्रेष्ठ र सचिवमा महेन्द्रनगरका मदन गिरी चयन भएको छन् । त्यस्तै परिषदको कोषाध्यक्षमा रबिना खड्का चयन भएका छन् ।
त्यस्तै जिल्ला परिषद् संयोजकमा किरण सापकोटा, जिल्ला परिषद् सह संयोजकमा सन्तोष केसी, जनसम्पर्क अधिकारीमा बिमला श्रेष्ठ, मर्यादापालकमा प्रकाश कुँवर, टेमरमा कर्ण आचार्य मनोनित भएका छन् ।
नेपालगञ्जमा सम्पन्न भएको दशैँ जिल्ला सभाको नयाँ कार्यसमिति चयन भएको अध्यक्ष वैश्यले बताए । उनका अनुसार सभाबाट परिषद अन्तरगतका तीन एरिया प्रमुखलाई पनि चयन गरेको छ् । जसमा एरिया एक (बाँके–बर्दीया) चिपमा नितेश श्रेष्ठ, एरिया दुई (सुर्खेत–दाङ र काठमाडौँको केही क्लब समेत) चिपमा प्रवेश भुसाल र एरिया तीन(सुदूरपश्चिप प्रदेश) चिपमा देवेन्द्र खड्का चयन भएका छन् ।
अन्तराष्ट्रिय स्तरमै सामाजिक क्षेत्रमा ख्यातीप्राप्त संस्था लायन्स क्लब अन्तरगत रहेर लियो क्लबहरुले काम गर्दै आईरहेका छन् । आउँदो जुलाई देखि कार्यकाल सुरु हुने यस परिषदले सामाजिक कार्यसँगै नेतृत्त तथा क्षमता विकास, लियो सदस्यता वृद्धीलगायतका कामहरु गर्ने जनाएको छ । नेपालगन्ज । यहाँ हालै सम्पन्न प्रस्तावित लियो जिल्ला परिषद् ३२५ एनको अधिवेशनबाट जिल्ला परिषद् अध्यक्ष पदमा नेपालगन्जका सुजित वैश्य र जिल्ला परिषद् उपाध्यक्षमा विबेक श्रेष्ठ निर्वाचित भएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्