जिल्लाकै ठुलो वडाको नेतृत्व लिने दौडमा युवा नेता देवकोटा: यस्ता छन् प्रतिबद्धता

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिकाको १८ नं. वडा नगरको मात्रै होइन जिल्लाकै ठुलो वडा हो । यहाँ ११ हजार भन्दा बढी मतदाता रहेकाछन् । हरेक निर्वाचनमा यो वडा निर्णायक हुने गरेको छ । स्थानिय चुनावको सरगर्मी बढिरहेको छ । जिल्लाको सबै भन्दा ठुलो वडाको कमान सम्हाल्न नेकपाएमालले युवा नेता रविन्द्र देवकोटालाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिसंगै सामाजिक क्षेत्रमाक्रियाशील देवकोटा यतिबेला ठुलो वडाको अध्यक्षहुने दौडमा छन् ।
आशन्न बैशाख ३० मा तय गरिएको स्थानियचुनावमायुवापक्तिकातर्फबाट प्रष्ट वक्ता, विकासको भिजनसँगै सक्रिय रुपमा खटिने चर्चित युवा नेतादेवकोटाले नेकपाएमालेको तर्फबाट भीमदत्तनगरपालिका वडा नं १८ को वडाअध्यक्ष पदमाउम्मेदवारी दर्ता गराउदै जनताको घरदैलोमाचुनावीअभियानमा डटिरहेका छन। दैनिकज्यालामजदुरी गर्दे जनताको सुखःदुखमा सँगै रहेकास्व दुर्गा प्रसाद देवकोटा तथाभीमदत्त न.पानिर्वतमानकार्यपालिका सदस्यकमलादेवि देवकोटाका ज्येष्ठ सुपुत्रका रुपमावि.स २०४५ सालभाद्र २५ गतेकादिनउम्मेदवार रविन्द्र प्रसाद देवकोटाको जन्म भएको थियो । सानैदेखि निडर, जुझारु र सहयोगी स्वभावका देवकोटाले आफनै क्षेत्रको चौतर्फी विकास गर्न कसरी सकिन्छ भन्ने अभिरुचीका साथ ग्रामीण विकास विधामा स्नात्तकोतर शिक्षाहासिलगर्नु भएको छ।
राजनितीकयात्राका रुपमा २०६२÷०६३ सालको जनआन्दोलनमाअग्रमोर्चामा रहेर युवा नेतृत्वको प्रमुखभुमिकामा रहेकाथिए। विधार्थी तथायुवाराजनितीका रुपमावि.स २०६४ सालमा अनेरास्ववीयु जिल्ला कमिटीको सदस्यहुदै २०६५ मा युवासँघ नेपालको जिल्ला सदस्यथिए । वि.स २०६६ मा जिफन्ट युवाको जिल्लाअध्यक्षका रुपमा रहदै युवासँघको नेपालमहाकालीअञ्चलको कोषाध्यक्षका रुपमाभुमिकानिवार्ह गर्नुभएको थियो। विधार्थी र युवा राजनितीबाट पार्टीको जिम्मेवार सम्हालने क्रममा सामाजिकविकासकानिमित्तनेकपाएमाले पार्टीको वार्ड कमिटी सदस्यहुदै सचिव, उपाध्यक्ष रहदै अध्यक्षको जिम्मेवारी सम्हालनुभएको थियो ।
हालसालै २०७८ सालको अन्तयतिर नेकपाएमाले पार्टी जिल्ला अधिवेशन मार्फत युवातर्फको जिल्ला कमिटी सदस्यमानिर्वाचितभएका देवकोटाको सक्रियता, कुशल, क्षमतावान भएका कारण पार्टीले युवा फाट ईन्चार्जल र मोर्चा सँगठनको सचिवका रुपमामनोनित गरेको छ।
सामाजिक सेवाका क्षेत्रका सदैव अग्रसर देवकोटाको वडा नं १८ क्षेत्रमा आत्मीय एवम मिलनसार व्यवहार रहेको सो क्षेत्रका मतदाताहरुको भनाई छ । वडा नं १८ को समग्र विकासका लागि जुनसुकै बेला जहापनि आवाज बुलन्द बनाउने सँगै स्थानियको सुख दुखमा सहभागी भईरहने बानी रहेको स्थानियको भनाई छ। उर्जाशील, मेहनती, स्वच्छ छवि, विभिन्न सामाजिक सँघ सस्थाहरुमाक्रियाशील रहेको अनुभव, बौद्धिक एवमभिजन सहितको विकासप्रेमीका रुपमा रहेका कारण देवकोटाको विजयको सम्भावना बलियो रहेको स्थानिय बुद्धीजीवीहरुको मत पाईन्छ ।
राजनिती क्षेत्र मेवाखाने क्षेत्र भन्दा सेवागर्ने अवसरका रुपमाप्रयोग गर्ने वडाअध्यक्षका उम्मेदवार रविन्द्र देवकोटाको सँकल्परहेको छ। देवरुपीजनताकामार्फत आफु निवार्चित भएमा वडाको एकीकृत तथादिगो विकासकालागिनिम्न योजनाहरु रहेका छन।

यस्ता छन् प्रतिबद्धता
१) व्याक्तिगत घटना दर्ता (जन्म, मृत्यु र बसाईसराई ) र सामाजिक सुरक्षा भत्ता सर्वसुलभ तथा सहज बनाउनका लागि घरघरमा वितरण गर्ने
२) युवालाई स्वरोजगार बनाउनविभिन्न सीपमुलककार्यक्रमसँगै बजारमा आधारित प्रविधी मैत्री कृषि उत्पादनसँग जोडने
३) भाँसीनालामा बागफाटासम्म तटबन्ध निर्माण गरी वृक्षारोपण सहितको पदमार्गको रुपमा विकास गर्ने
४) वडाका सबै बाटोघाटो उच्च स्तरको कालोपत्रे गर्ने
५) वडाका प्रत्येक टोलमा निशुल्क रुपमा स्वास्थ शिवीर सञ्चालन गर्ने
६) कृषि उत्पादनका क्षेत्रमा आधुनिकीकरण गदैँ कृषि तथा पशु विमालाई निशुल्क रुपमालागु गर्ने
७) वडामा स्तरिय खेल मैदान निर्माण ।
८) सार्वजनिक तथा सरकारी विद्यालयको स्तरोउन्नतीका लागि अग्रेजीमाध्यम र प्राविधिक शिक्षा मार्फत गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पँहुच स्थापित गर्ने
९) मजदुरका लागि श्रम अनुसारको ज्यालार भुमीहीन सुकुमबासीका लालपुर्जा पाउनका लागि पहल गर्ने
१०) सार्वजनिक स्थलहरुमा निशुल्क वाईफाईको व्यवस्था गदै हरेक वडा वासिन्दाको सञ्चार सेवामा पँहुच बढाईनेछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्