दुई दशकदेखि स्वास्थ्य सेवा दिईरहेकी एकल महिला सिंह वडा नेतृत्व हाक्ने दौडमा

स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षको टिकट पाईकी सिंह सेवाको प्रभावको मुलधार र नीति निर्माण तहमा आफुलाई उभ्याउन खोजीरहेकी छिन् ।


महेन्द्रनगर ।
भीमदत्त नगरपालिका वडा नम्बर १४ मा परिचित नाम हो सिता देवि सिंह । दुई दशक वर्षेदेखि स्वास्थ्य सेयम सेविकाको रुपमा सेवा गरिरहेकी सिंहलाई स्थानीयले नचिन्ने कुरा पनि भएन् । तिनै सिता अहिले वडा हाक्ने दौडमा छिन् ।
स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षको टिकट पाईकी सिंह सेवाको प्रभावको मुलधार र नीति निर्माण तहमा आफुलाई उभ्याउन खोजीरहेकी छिन् । २०५९ सालबाट स्वयम सेविकाको रुपमा काम गरिरहेकी सिंह सुरुवाती वर्षहरुमा वडाकी एक्ली स्वयम सेविका थिईन् । पछि टोल विभाजन हुदाँ उनले सिता टोलकै जिम्मेवारी पाईन् ।
२०४२ सालबाट राजनिती दलमा आवद्ध भएकी सिंह दोस्रो कार्यकालका लागि नेकपा एमालेकोे वडा कमिटि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । अघिल्लो स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन सफल भएकी सिंह यस पटक पार्टीले उनैलाई उम्मेदवार बनाएको छ ।
१२ वर्ष अघि श्रीमान गुमाएकी सिंह एकल महिलाको हक अधिकारका लागि पनि काम गर्दै आईरहेकी छिन् । ‘दुखः पाउने भाग्य रहेछ, अकालमै उहाँ(श्रीमान) स्वर्गवास हुनुभयो, त्यसपछिको पारिवारी जिम्मेवारी मैरै काँधमा छ ।’ उनले भनीन् । ‘स्वयम सेविकाको रुपमा वडावासीलाई स्वास्थ्य सेवा दिईरहेकी छु, एकल महिलाहरुको हक, हित र अधिकारका लागि पनि लड्दै आईरहेकी छु, यस पटक आफै नेतृत्व तहमा पुग्ने ईच्छा छ ।’ एक सय ९२ जना एकल महिला रहेको त्यस वडामा एकल महिला संघको नेतृत्व पनि सिंहले नेतृत्व गरिरहेकी छिन् ।
नेतृत्व तहमा पुग्न सके विपन्न, गरिब, पिछिडिएका समुदाय र एकल महिलाका लागि धेरै काम गर्न सकिने उनको बुझाई छ । २०३२ साल भीमदत्तको तिलाचौरमा जन्मिएकी सिंह परिवारका सदस्य पनि राजनितिसँग आवद्ध भएकोले आफुलाई यस क्षेत्रमा सक्रिय हुने प्रेरणा मिलेको बताउछिन् ।
यस अघि पनि एमालेले नेतृत्व गरेको त्यस वडामा वडा कार्यालयले गरेका काम, पार्टी नेतृत्वको सरकारले गरेको राष्ट्रव्यापी विकास निर्माण र समृद्ध नेपालको योजना नै आफु चुनाव जित्ने उनको दावि छ । साथै आफु निर्वाचित भए वडावासीलाई सहज सेवा प्रभाव, विपन्न वर्गको उत्थान, गुणस्तरीय र उच्च शिक्षा, सामाजिक रुपान्तरण, आवश्यक विकासका पुर्वाधार निर्माण गर्ने उनको योजना छ ।
‘प्रमुख राजनितिक दलहरुले गठबन्धनको नाममा महिला नेतृत्वको उपेक्षा गरिरहेका बेला एमालेले विश्वास गरेर मलाई अघि सारेको छ ।’ उनले भनिन् ‘जनताको पार्टीप्रतिको विश्वासलाई मतमा बदलेर मैँले वडासदस्यसहित चुनाव जित्छु, सोही अनुसार नगरमा पनि पार्टीको नेतृत्व आउँछ ।’
एक हजार नौ सय ७४ मतदाता रहेको वडा नम्बर १४ मा नियमित घरदैलो अभियान, प्रत्यक्ष भेटघाट र पार्टी एजेण्डा जनतामाझ लगिरहेको उनले बताईन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्