कञ्चनपुरमा एमालेको घरदैलो अभियान तिव्र, पार्टीमा जन लहर बढदै गईरहेको दावि

हेन्द्रनगर । स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा कञ्चनपुर एमालेले चुनावि अभियान तिव्रताका साथ अघि बढाएको छ । चुवानी अभियान अन्तरगत एमालेले वडा वडामा घरदैलो अभियान सञ्चालन गरिरहेको छन् । एमालेले पाँच हजार पाँच सय मुल निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टी अध्यक्ष सुरेन्द्र विष्टको अध्यक्षता गठीत परिचालन समितिले तीन निर्वाचन क्षेत्र र पालिका स्तरिय संयन्त्र निर्माण गरेको छ ।


अध्यक्ष बिष्ट र सचिव पल्लवराज भट्ट मातहतको कमिटी र सबै जनबर्गीय संगठनहरुलाई समेटेर निर्वाचन परिचालन संयन्त्र बनाएको हो । सोही संयन्त्रमार्फत केन्द्रदेखि जिल्ला स्तरका नेताहरु वडा र नगरमा खटिएका छन् ।
जिल्लाभरको अनुगमन, समन्वय र सहजिकरणको जिम्मेवारी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज निरुदेवी पाललाई दिइएको छ । क्षेत्र नं. १ को मुख्य अनुगमन, समन्वय र सहजिकरण केन्द्रीय सदस्य इन्दु कडरियाले गर्ने छिन । सदस्यहरुमा लालबहादुर बिक, भक्तबहादुर अधिकारी, रामचन्द्र नेपाल र नन्दलाल चटौत रहेका छन् । भने क्षेत्र नं. २ मा केन्द्रीय सदस्य नरबहादुर धामीको नेतृत्वमा कृपाराम राना, भोजराज जोशी र गोबिन्द कलौनीलाई राखिएको छ ।


त्यस्तै क्षेत्र नंं. ३ मा इश्वरी खरेलको नेतृत्वमा हिरा सार्की, आनन्दी पन्त, डा. दीपक प्रसाद भट्टलाई अनुगमन संयन्त्रमा राखिएको छ । संयन्त्रले घरदैलो कार्यक्रमलाई सक्रिय रुपमा परिचालन गरिरहेको छ ।
क्षेत्र नं. १ मा उप सचिव फैरु तामाङ, २ मा उपाध्यक्ष लक्ष्मी बुढा र क्षेत्र नं. ३ मा उप सचिव कर्ण बहादुर चन्दलाई निर्वाचन अनुगमन र समन्वयको जिम्मेवारी दिइएको छ ।
पार्टी उप सचिव कर्ण बहादुर चन्दले चुनावि अभियान अन्तरगत वडा र नगरमा नेताहरु परिचालित भएको बताए । ‘स्थानीय निर्वाचनका लागि पार्टीले घरदैलो अभियानलाई तिव्रताका साथ अघि बढाईरहेको छ ।’ उप–सचिव चन्दले भने ‘केन्द्र स्तरका नेताहरुलाई निर्वाचन क्षेत्र र प्रदेश स्तरका नेताहरुलाई नगरको जिम्मेवारी तोकिएको छ, सोही अनुसार घरदैलो र पार्टी प्रवेश गराउने काम भईरहेको छ ।’ चुनाव नजिकिदैँ जाँदा घरदैलो कार्यक्रममा पार्टी प्रति जनलहर बढ्दै गईरहेको उनको दावि छ ।
पार्टी प्रवेश कार्यक्रमलाई पनि एमालेले निरन्तर अघि बढाएको छ । शनिबार भीमदत्त ८ को राप्रपाबाट वडाध्यक्षको उम्मेदवार लक्ष्मी देवी ठकुरी र नेपाली कांग्रेसका कृयाशिल सदस्य रतन सुनार एमालेमा प्रवेश गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्