ब्रिक्सटन कलेजले मनायो १४ औँ वार्षीकोत्सव, नयाँ भवनको पनि उद्धघाटन

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित ब्रिक्सटन कलेजले १४ औँ वार्षिकोत्सव मनाएको छ । शनिबार कलेजले ब्रिक्सटन फेष्टको समापनसहित १४ औँ वार्षिकोत्सव पनि मनाएको हो । वार्षीकोत्सवको अवसरमा कलेजले नव निर्मित भवनको पनि उद्धघाटन गरेको छ । स्थापनाकाल देखि भाडाको भवनमा सञ्चालन हुदैँ आएको ब्रिक्सटनले आफ्नै भवन निर्माण गरि सञ्चालनमा ल्याएको छ । नवनिर्मित भवनको पोखरा विश्वविद्यालयका उप– कुलपति डा. प्रेम नारायण आर्यालले उद्धघाटन गरे । नयाँ भवन निर्माण भएपछि कलेज सञ्चालनमा सहज भएको कलेज प्रशासनले जनाएको छ ।

ब्रिक्सटन कलेजकी प्रिन्सीपल निशा भट्टले विविध कार्यक्रम गरि कलेजले वार्षिकोत्सव मनाएको बताईन् । उनका अनुसार कलेजले साताव्यापी रुपमा ब्रिक्सटन फेष्टको आयोजना गरेको थियो । बैशाख नौ गतेबाट सुरु गरिएको उक्त फेष्टमा सास्कृतिक, खेलकुद, विद्यार्थीको व्यवस्थाकीय क्षमता विकास लगायतका कार्यक्रम गरिएका थियो ।

त्यस्तै वार्षिकोत्सवको अवसरमा कलेजबाट स्नातक पास भएका २९ जना विद्यार्थीलाई कलेज उपाधि समेत प्रदान गरेको छ । ‘हामीले वार्षिकोत्सवको अवसरमा तीन वटा मुख्य ईमेन्ट सम्पन्न गरेका छौँ ।’ प्रिन्सिपल भट्टले भनिन् ‘यस अवसरमा कलेजले आयोजना गरेको ब्रिक्सटन फेष्टको समापन, नयाँ भवनको उद्धघाटन र पासआउट भएको विद्यार्थीलाई ग्य्राजुएसनस् ईभेन्ट पनि गरेका छौँ ।’

कार्यक्रममा प्रिन्सिपल भट्टले वार्षीक प्रतिवेदन पेस गरेकी थिईन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई बिबिए कार्यक्रम सञ्चालन गरिरहेको यस कलेजले अध्ययनसँगै विद्यार्थीको चौतर्फि व्यतित्व विकासका लागि विभिन्न गतिविधि गदैँ आईरहेको छ ।

कलेज सञ्चालक समितिका अध्यक्ष डा. नेत्रराज चटौतको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उप कुलपति डा. प्रेम नारायण आर्याल रहेका थिए । त्यस्तै कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपति डा. अम्मराज जोशी, रजिष्ट्रार यज्ञराज पाठक, पोखरा विश्वविद्यालयका रजिष्टार डा. दिपक बहादुर भण्डारी, परिक्षा नियन्त्रक डा. तुलसीराम भण्डारी, नेपाल खुला विश्वविद्यायलका रजिष्ट्रार गोविन्द विष्ट, सुदूरपश्चिम विश्वविद्यालयका पुर्व रजिष्ट्रार डा. हेमराज पन्त, विज्ञान तथा प्रविधि संकायका डीन राजेस ठकुराठीलगायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपकुलपति अर्यालले गुणस्तरीय शिक्षामा जोड दिदैँ कलेजलाई आवश्यक सहयोगको प्रतिवद्धता जनाए । त्यस्तै कलेज सञ्चालक समिति अध्यक्ष चटौतले गुणस्तरीय शिक्षासहित विद्यार्थीको चौतर्फी व्यतित्व विकासका लागि कलेज प्रतिवद्ध रहेको बताउँदै सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्