भीमदत्तमा एमालेले सार्वजनिक ग-यो प्रतिवद्धता पत्रः नयाँ योजनाको सुरुवात, पुरानो कार्यक्रमको निरन्तरता

महेन्द्रनगर । नेकपा एमालेले कञ्चनपुरले स्थानीय निर्वाचनका लागि भीमदत्तमा चुनावि प्रतिवद्धता सार्वजनिक गरेको छ । आईतबार एमालेको मुल निर्वाचन परिचालन समितिले पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । भीमदत्तका नगरपालिकाका मेयर र उप मेयरका प्रत्यासिसहित एमालेले आफ्नो प्रतिवद्धता घोषणा गरेको हो ।
नेकपा एमालेले कञ्चनपुरका पार्टी उप–सचिव कर्ण बहादुर चन्दले भीमदत्तमा एमाले नेतृत्वमा भएको कामहरुको निरन्तरता तथा पुर्णतासहित नयाँ कार्यको थालनी गर्ने कुराहरु प्रतिवद्धता पत्रमा समेटिएको बताए । उनका अनुसार एमालेले भीमदत्तमा भित्रि र बाह्य चक्रपथ, जैविक मार्ग, पर्यटन मार्ग निर्माण कार्यलाई पुर्णता दिने जनाएको छ ।
त्यस्तै मेयर उद्यमशिलता विकास कार्यक्रमको निरन्तरता, महाकाली अस्पतालको पुर्ण रुपमा स्तरोन्नती, मझगाउँ विमानस्थल सञ्चालनका लागि साझेदारीको निरन्तरता, महाकाली प्राविधिक शिक्षालयमा स्वीकृति प्राप्त सबै कार्यक्रम सञ्चालन लगायतका प्रतिवद्धता सार्वजनिक गरिएको छ ।
नेकपा एमाले कञ्चनपुरका पार्टी अध्यक्ष सुरेन्द्र विष्टले पार्टी नेतृतत्वको सरकार गरेका कामको निरन्तरतासहित नवितम कार्यक्रम एमालेले नेतृत्वको सरकारले गर्ने बताए ।
उनका अनुसार पहिलो कार्यकालमा एमाले नेतृत्व रहेका पालिकामा विकास जग स्थापनासँगै समृद्धीको दिशातय भएकोले त्यसको निरन्ततासहित अघि बढ्ने संकल्प उम्मेदवारहरुले लिएका छन् ।

पार्टी नेृतृत्वको स्थानीय सरकारले हरियालीयुक्त बस्ती र सुरक्षित आवासको व्यवस्था, कृषि उपजकको बजारिकरणका लागि साप्ताहिक हाट वजार, बहुउद्देश्यीय रंगशाला निर्माण, पढ्दै कमाउदै प्राविधिक शिक्षा कार्यक्रम, सांस्कृति संग्रहालय निर्माण, महाकाली ¥याफटिङ्ग सञ्चालन, विपन्नका लागि निशुल्क स्वास्थ्य सेवा र स्वास्थ्य बिमा, कृषि मिटरको विद्युत महसुलमा छुट, ग्याँस आयात घटाउन ईन्डक्सन चुलोमा छुट लगायत नयाँ कार्यक्रम सञ्चालन गर्ने एमाले कञ्चनपुरले जनाएको छ ।

यस्ता छन् भीमदत्तमा एमालेका प्रमुख प्रतिवद्धता

१) सुविधा सम्पन्न गाँउ र आधुनिक नगर ।
२) हरियालीयुक्त वस्ती र सुरक्षित आवासको व्यवस्था ।
३) कृषि भूमिमा पानी र पर्याप्त सिचाईमा लगानी,कृषिउपज साप्ताहिक हाट वजार ।
४) सक्षम खेलाडी, प्रतिस्पर्धी खेलकुद र बहुउद्देश्यीय रंगशाला ।
५) गुणस्तरीय शिक्षा र आधुनिक शैक्षिक पूर्वाधार ।
६)पढ्दै कमाउदैप्राविधिक शिक्षा कार्यक्रम ।
७) कला संस्कृतिसंरक्षण,र्याफटिङ्ग, होमस्टे, शुक्लापर्यटन प्रवद्र्धन।
८) सवैका लागि गुणस्तरीय तथा विपन्नका लागि निशुल्क स्वास्थ्य सेवा र स्वास्थ्य विमा।
९) घर घरमा खानेपानी सरसफाई र स्वच्छ सफा नगर, नगरका सबै चोकमा स्मार्टलाइट ।
१०) भ्रष्ट्राचार मुक्त नगरपालिका तथा जनमूखि प्रशासन।
११) महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक प्रोत्साहन।
१२) कृषि विमा, एक वडा एक उत्पादन पकेट विकास र बजारिकरण।
१३) कृषि मिटरको विधुत महसुलमा छुट, ग्याँस आयात घटाउन ईन्डक्सन चुलोमा छुट ।
१४) नगरको बाह्य चक्रपथ, रौटेला—ब्रह्मदेव सम्मकोधार्मिक पर्यटन मार्ग, बागफाँटा—झोलंगेसम्मको शुक्ला पर्यटन मार्गको निर्माण कार्यलाई पूर्णता रचक्रपथमा विद्युतीय नगर वससेवा संचालन।
१५) जडीबुटी र फलफूलजन्य विरुवा रोपण गरीएक सामुदायिक वन एक उद्योग स्थापना
१६) एक व्यक्ति एक सीपको नीति लिईएक वडा एक लघु उद्यमर बिना धितो बिना ब्याजमा ऋण अनुदान ।
१७) भारतमूखि कामदारको कल्याणकोष स्थापना रस्वदेशमा रोजगारी सृजना ।
१८) वस्तुगत सहकारीको प्रर्वद्धन र उत्पादन तथा एक वडा एक सहकारी शुफत मूल्य पसल ।
१९) जेष्ठ नागरिक भत्ता सहितको सामाजिक सुरक्षा निरन्तरता रलक्षित समुदाय उत्थान
२०) दुई दशक देखि गौचरणमा परिणित मझगाँउ एरपोर्ट पूनःसंचालनकालागि १५ प्रतिशत सह लगानी लाई निरन्तरता ।
२१) हामी शासक नभई सदाचार, सामाजिक जागरण तथा विकासका अभियान्ता र जनताका सेवक भई काम गर्नेछौ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्